Saturday, July 2

विहान उठ्नै वित्तिकै गर्नुहोस् यी काम, हुने छैन पैसाको कमी!!!!!!?

October 5, 2021 248

भनिन्छ दिनको संकेत विहानले देखाउँछ। त्यसैले बिहान राम्रो काम गर्यो भने त्यो दिन निकै उत्तम रहने शास्त्रमा उल्लेख छ। दिनभरको काम शुभ बनाउन विहान केही काम अनिवार्य गर्न जुरुरी रहेको शास्त्रमा उल्लेख छ। विहान त्यस्ता कामले गर्दा तपाईको दिन शुभ रहने र आर्थिक अवस्थामा सुधार आउने विश्वास गरिदै आएको छ।

आज हामी तपाईलाई विहान उठ्ने गर्ने केही कामहरुका बारेमा जानकारी दिदैछौँ । जुन काम तपाईले विहान उठ्ने वित्तिकै गर्नु भयो भने तपाईको दिन शुभ मात्र हुने छैन आर्थिक अवस्थामा पनि सुधार हुँदै जानेछ।
हरेक विहान गर्नुहोस् यी काम

बिहानबिहानै हत्केला हेर्नुहोस
बिहान उठ्ने बित्तिकै आफ्नो हत्केला हेर्नुहोस। मान्यता यो छ कि यो काम गर्नाले महालक्ष्मी, सरस्वतीको साथमा भगवान् विष्णुको कृपा समेत मिल्छ।

.मन्दिर सफा राख्नुहोस
घरको मन्दिरमा मुर्ति र पुजाको सामान सही ढंगले सजाएको हुनपर्छ। यसबाट देवीदेवता प्रशन्न हुन्छन् र कुन्डलीको दोष पनि शान्त हुनसक्छ।

बिहानै भुमिलाई प्रणाम गर्नुहोस
बिहान पलङबाट खुट्टा भुँईमा राख्नभन्दा पहिले भुमिलाई प्रणाम गर्न पर्छ। साथमा क्षमा पनि माग्नुपर्छ किनभने धर्तीमा खुट्टा राख्नाले हामीलाई दोष लाग्छ।

गाईलाई रोटी खुवाउनुहोस्
सधै बिहान जब रोटी बनाउनुहुन्छ तब पहिलो रोटी गाईको लागि छुट्याउनुहोस । तपाईको घर वरपर गाई छ भने त्यो रोटी गाईलाई खुवाउनुहोस।

सुर्यलाई जल चढाउनुहोस्

सधैं बिहान सुर्यलाई जल चढाउन पर्छ। यस उपायबाट घरपरिवार र समाजमा मान सम्मान पाइन्छ र सुर्य सँग सम्बन्धित दोष छ भने त्यसबाट पनि मुक्ति पाइन्छ।
काठमाडौंबाट दुई सय सात जना पाकेटमार तथा चोरहरू पक्राउ परेका छन्।महानगरीय प्रहरी परिसर काठमाडौंले दुई सय सात जनालाई पक्राउ गरेको प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले जानकारी दिए।

सोमबार परिसरमा पत्रकार सम्मेलन गरी प्रहरीले सार्वजनिक गरेको हो। दसैं-तिहारमा घर फर्किनेहरूको पाकेटमार्ने तथा चोरी गर्न सक्ने भन्दै परिसरले उपत्यकाबाट दुई सय सात जनालाई पक्राउ गरेको हो।

प्रहरीले भदौ २५ गतेदेखि अपरेसन थालेको एसएसपी सिंहले बताए। प्रहरीले यातायात व्यवसायहरूको संयुक्त समन्वयमा अपरेसन गरेको हो। प्रहरीले १६१ जनामाथि अनुसन्धान गरिरहेको छ। उनीहरूमाथि अभद्र व्यवहारमा मुद्दा चलाएको सिंहले बताए।

‘जाहेरी आउनेक्रममा जारी रहेको हुँदा उनीहरूमाथि अहिले अभद्र व्यवहारमा मुद्दा चलाएका छौं,’ उनले भने। ४६ जना भने पुर्पक्षका लागि जेल चलान भइसकेका छन्। सामान्य धरौटी पनि नतिरी उनीहरू आफैं जेल गएको प्रहरीले जनाएको छ। प्रहरीले फेरि पक्राउ गर्न सक्ने भन्दै उनीहरू जेल गएको सिंहले बताए।

प्राय: उनीहरूले सार्वजनिक बसमा पाकेट मार्ने गरेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनीहरू दुई-दुई जनाको दरले ६ जनाको टोली बनाएर बसभित्र जाने गर्थे। भित्र पसेपछि उनीहरूले पैसा धेरै हुने व्यक्ति पहिचान गर्थे। पहिचान भएपछि उनीहरूले पैसा भएका व्यक्तिलाई घेराबन्दी गरेर ठेलमठेल गरेर चोर्थे।उनीहरूले त्यसक्रममा ‘कोड वर्ड’ प्रयोग गर्थे। पीडितलाई उनीहरूले ‘रामे’ भन्थे।

पैसालाई द, मोबाइललाई कान, पाकेटमार गर्ने व्यक्ति मास्टर वा काशी, पैसा धेरै छ भन्ने संकेत दिन टानको द पैसा, थोरै छ जुटको द, गाडीलाई काँचा भन्दै सांकेतिक भाषा प्रयोग गर्थे। त्यसैगरी केटालाई छापा, केटीलाई भद्री, पुलिस आए ठूल्दाइ आयो, ड्राइभरलाई माम, खलासीलाई मले, गाडीबाट झरेर भाग भन्नलाई भने उनीहरूले टप्की भन्ने गरेको खुलेको छ।

अगाडि जा लाई अकल जा र पछाडि जा भन्नलाई चिछल जा भनेर ‘कोड वर्ड’ प्रयोग गर्थे। यसबारे प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

प्रतिकृया दिनुहोस्