Monday, September 27

सरकारको निर्णय: निषेधाज्ञामा गाडी चलाउनेलाई ५,००० जरिवाना, मोटरसाईकल र स्कुटी चलाउनेलाई कती ?

May 22, 2021 248

राष्ट्रपति भण्डारीले जारी गरेको कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश, २०७८ को दफा २१ को उपदफा २ (ग) यस्तो व्यवस्था गरिएको छ । अध्यादेशमा अनुमतिविना वा बिरामी ओसारपसार गर्ने अवस्थाबाहेक दुई पांग्रे सवारीसाधन (मोटरसाईकल र स्कुटी) चलाए दुई हजार र अन्य सवारीसाधन

(गाडी) भए ५ हजार रुपैयाँ जरिबाना हुने उल्लेख छ ।कोरोना भाइरसको संक्रमण तीव्र भएको अवस्थामा स्वास्थ्य आपतकाल घोषणा गर्न सक्ने व्यवस्थासहित सरकारले अध्यादेश ल्याएको छ । सुरक्षाकर्मीले ती सवारीसाधनलाई निश्चित समय नियन्त्रणमा लिनसक्ने पनि भनिएको छ । मास्क नलगाइ सार्वजनिक स्थलमा आवतजावत गर्नेलाई पनि पटकैपिच्छे एक सय रुपैयाँ जरिबाना तिराउन सक्ने पनि व्यवस्था गरिएको छ।

भारतको महाराष्ट्रमा अन्तिम संस्कार गर्ने बेला महिला चिताबाट उठेकी छिन्। कोरोना भाइरसबाट संक्रमित ७६ वर्षीया महिला शकुन्तला गायकवाडलाई मृत घोषणा गरी अन्तिम संस्कारका लागि आफन्तले महाराष्ट्रको बारामती घाट लगेका थिए।

महाराष्ट्रको मुधले गाउँकी ती महिलालाई आफन्तले अन्तिम संस्कार गर्न तयार हुँदा महिला रुँदै उठेकी थिइन्। गाउँका प्रहरी अधिकारी सन्तोष गैकवाडले महिला घाटबाट उठेपछि उपचारका लागि अस्पताल पठाइएको जनाएका छन्।

केहि दिनअघि शकुन्तलालाई कोरोना देखिएपछि होम आइसोलेसनमा राखिएको थियो। होम आइसोलेसनमा स्वास्थ्य बिग्रिदै गएपछि परिवारले बारामती अस्पताल लगेका थिए। अस्पतालमा बेड र आईसीयू अभाव थियो। बेड र आईसीयू पाइने आशमा केही समय उनीहरुले एमबुलेन्समै राखेर कुरे।

समयमा बेड नपाएपछि शकुन्तला बेहोस भएकी थिइन्। बेहोस भएपछि आफन्तले उनलाई होसमा ल्याउन थुप्रै प्रयास गरे। तर, शकुन्तलाको शरीर शिथिल भएको थियो। अनेक प्रयास गर्दा पनि उनको शरीर चल्मलाएन।

केही सीप नलागेपछि आफन्तले उनको प्राण गएको ठानेर अन्तिम संस्कारका लागि घाटमा लगेका थिए। आफन्तले घाटमा शकुन्तलाको शरीरमा आगो लगाउन खोज्दा उनी उठेर रुँन थालेकी थिइन्। शकुन्तला उठेको देख्दा आफन्तले खुसी हुँदै तुरुन्त अस्पताल पुर्‍याएका थिए।

प्रतिकृया दिनुहोस्