Wednesday, August 17

प्रियङ्काले सार्वजनिक गरेको भिडियो: गर्भवती देखि आमासँगको यात्रा बन्यो भाइरल(भिडियो हेर्नुहोस )

October 6, 2021 156

नायिका प्रियङ्का कार्कीले असोज ४ गते छोरीलाई जन्माएपछि आफूले सञ्चालन गर्ने भिडियो कार्यक्रम बन्द गरे पनि आइतबार राती भने बच्चालाई जन्म दिएको भिडियो सार्वजनिक गर्दै नियमित कार्यक्रम सञ्चालन हुने जानकारी दिएकी छिन् ।

उनले असोज ४ गतेको हरेक गतिविधिहरू दर्शकसामु पेस गरेकी छिन् । प्रियङ्काले आफ्नो आधिकारिक युट्युब च्यानल मार्फत ‘आयन्का’ लाई जन्म दिएको भिडियो सार्वजनिक गरेकी हुन् ।

गर्भवती देखि आमासँगको यात्रा: नायिका कार्कीले आफू गर्भवती भएदेखि बच्चा जन्माएकोसम्म भिडियो सार्वजनिक गरेकी छिन् । उनले गर्भावस्थामा गर्नुपर्ने व्यायाम, खानपिन लगायत अपनाउनुपर्ने सावधानीका बारेमा जानकारी दिँदै आएकी थिइन् ।

उनको यस यात्रामा श्रीमान् आयुष्मान् देशराज जोशीले भरपुर साथ दिएका थिए । गर्भावस्थामा पनि प्रियङ्काको आयस्रोत भने घटेन । उनले भिडियो मार्फत लाखौँ रुपैयाँ आर्जन गरिन् ।

काठमाडौ । भारतीय नोटसहित एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सूर्योदय नगरपालिका फिक्कलका अनुप अग्रवाललाई ११ लाख भारु ९भारतीय रुपैयाँ०सहित नियन्त्रणमा लिइएको हो । पैतीस वर्षीय अग्रवाललाई थप अनुसन्धानका लागि प्रहरीले राजस्व अनुसन्धान कार्यालय इटहरी लगेको बताइएको छ ।

विशेष सूचनाका आधारमा अग्रवाललाई झोलामा बोकेको दुई हजार, ५००, २०० र १०० का नोट गरी जम्मा भारतीय रुपैयाँ ११ लाखसहित पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका अग्रवाललाई प्रहरी कार्यालय पशुपतिनगरमा राखिएको र थप अनुसन्धानका लागि इटहरी लगिएको छ । भारतीय रकमको स्रोत नखुलेपछि अग्रवाललाई पक्राउ गरेको बुझिएको छ ।

मे१च ६४२४ नंको कारबाट झापा जाँदै गर्दा अग्रवालका गाडीचालक पूर्णबहादुर कठेतसहित अग्रवाललाई नियन्त्रणमा लिइएको हो । अग्रवालले विगतदेखि नै फिक्कलमा बसी भारतीय नोटको कारोबार गर्दै आएको अनुमान प्रहरीले गरेको छ । सटही काउन्टरसमेत सञ्चालन नगरी अग्रवालले भारतीय नोट सटहीको काम गर्दै आएको बुझिएको छ ।

स्रोत नखुलेको पैसासहित पक्राउ गरिएपछि थप अनुसन्धान गरिने भएको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी तथा प्रहरी निरीक्षक किशोर तामाङले बताउनुभयो । भारतसँग सीमा जोडिएको पशुपतिनगर नजिकै रहेकाले पनि यस क्षेत्रमा सामान्य भारुको कारोबार भने हुने गरेको छ । स्थानीयवासीले दैनिक उपभोग्य वस्तुको खरिदका लागि समेत भारत जाने र भारतीय व्यापारीले पनि कृषि उपज खरिद गर्ने भएकाले इलाममा भारतीय नोटको कारोबार हुने गरेको हो । तर, स्रोत नखुलेले १० लाखभन्दा माथिको रकम भएकाले अग्रवाललाई नियन्त्रणमा लिएको प्रहरीले बताएको छ ।

प्रतिकृया दिनुहोस्