Saturday, October 16

‘महामारीका बेला देश दुर्घ’टना तर्फ धकेल्नेहरूलाई जनताले क्षमा गर्ने छैनन्’ : पूर्वराजा शाह

May 22, 2021 309

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमप्रति आक्रोश व्यक्त गरेका छन्। प्रतिनिधि सभा विघटनले देश दुर्घ’टना तर्फ गएकाे उनकाे टिप्पणी छ। जनताको स्वास्थ्य समस्यालाई थाती राखेर महामारीको यस्तो बेलामा पनि सत्ता र शक्तिको भरमा देशलाई दुर्घटनातर्फ धकेलेको भन्दै उनले आक्रोश व्यक्त गरेका हुन् ।

सामाजिक सञ्जालमार्फत उनले भनेका छन्, ‘यस वैश्विक म’हामारीको सङ्कटका बेला जन दायित्वबाट पन्छिनका लागि असामयिक राजनैतिक जालझेल श्रृजना गरी, जनताको स्वास्थ्य जस्तो गम्भीर समस्यालाई थाती राखेर सत्ता र शक्तिको बलमा स्वार्थका निम्ति देश लाई दुर्घ’टना तर्फ धकेल्ने शासक र उनका मतियारको अपराधलाई जनताले कहिल्यै क्षमा गर्ने छैनन् ।’

यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राज्यको अभिभावकको रूपमा राजसंस्थाको अपरिहार्यता पुन: पुष्टि भएको बताएको छ। अध्यक्ष पशुपति शमशेर जबराले राष्ट्रपति र प्रधानमन्त्रीको साँठगाँठले संविधानको धज्जी उडाएको भन्दै विश्वमा सफल राजासहितको प्रजातन्त्रको मोडल अनुसरण गरेर विगतको गल्ती सच्याउनु पर्ने धारणा समेत व्यक्त गरे ।

राप्रपा अध्यक्ष राणाले ट्वीट गर्दै राणाले ‘राष्ट्रपति र प्रधानमन्त्रीको साँठगाँठले संविधानको पूर्ण अवमूल्यन भएको छ । दलभन्दा माथि रहने राष्ट्रप्रमुख, निष्पक्ष अभिभावकको रूपमा शाहवंशीय राजसंस्थाको अपरिहार्यता पुनः पुष्टि गरेको छ।’ राजनीतिक कोर्स करेक्सन गर्नु पर्ने दृष्टान्त प्रस्तुत गर्दै राणाले भने, ‘विश्वका सफल प्रजातान्त्रिक अभ्यास अनुकूल राजा सहितको प्रजातन्त्र अनुसरण गरेर गल्ती सच्याउनुको विकल्प छैन ।’

निर्वाचन प्रजातान्त्रिक अभ्यास भए पनि कुर्सी जो’गाउनु जनताको ज्यान जो’खिममा पार्नु अमानवीयताको प’राकाष्ठा भएको उनले बताए । उनले भने, ‘कसैको कुर्सी जोगाउन नेपाली जनताको रोग, भोक, शोकमा आँखा चिम्लिनु अमानवीयताको प’राकाष्ठा हो ।’

प्रतिकृया दिनुहोस्