बजारमा साधारण मुल्यमा पाइने चुइगम चपाउँदा यसले हाम्रो मुखमा भएका धेरै व्याक्टेरिया तथा रोगको संक्रमण गराउन सक्ने भाइरसलाई मार्दछ । कतिसम्म भने करिब १० मिनेट मात्र चुइगम चपाउँदा मुखमा भएको १० करोड ब्याक्टेरिया नष्ट हुन्छ ।
नेदरल्यान्डको युनिभर्सिटी अफ ग्रोनिजनका विशेषज्ञहरूले गरेको एक अनुसन्धान अनुसार चुइगममा मुखको ब्याक्टेरियालाई मुखको खाल्डो र टोड्कोबाट क्याभिटी हटाउने क्षमता हुन्छ ।
चुइगमलाई दश मिनेटसम्म मात्र चपाउँदा थुकमा हुने तथा मुख भित्रका १० करोड बढी व्याक्टेरिया नष्ट हुन्छन् ।चुइगममा एक प्रकारको लिसो हुन्छ, जसले मुख भित्रका करौडौं व्याक्टेरियालाई चुइगममा टास्ने र सो चुइगम थुक्दा त्यसैमार्फत व्याक्टेरिया शरीरबाट बाहिरीने गर्दछन्
। यतिमात्र होइन चुइगम चपाउँदा निलिने थुकबाट समेत मुखका व्याक्टेरिया पेटसम्म पुग्छन् र त्यहाको आद्रताले मर्ने गर्दछन् । तसर्थ चुइगम चपाउनु ब्रस गर्नु जतिकै लाभदायिक छ ।चितवन, २१ असोज । आज दशैँको पहिलो दिन घटस्थापना । नेपालीहरूलाई दशैँले छोइसकेको छ । बजारमा किनमेल गर्नेहरूको घुइँचो लागेको छ । घटस्थापनामा सार्वजनिक बिदासमेत परेकाले चितवनको मुख्य शहर नारायणगढमा किनमेल गर्नेको घुइँचो लागेको हो ।
बजारमा अरू पसलमा भन्दा कपडा पसलमा बढी भीडभाड देखिन्छ । फुटपाथमा बेच्नका लागि राखिएका कपडा तथा फेन्सीजन्य सामग्री खरिदमा पनि उपभोक्ताहरूको भीड लागेको छ । फुटपाथमा हिँड्नै नमिल्ने गरी किनबेच गरिएको छ । दशैँको किनमेल गर्न बच्चादेखि वृद्धसम्म बजार पुगेका छन् ।
नारायणढका थोक पसलबाट जिल्लाका विभिन्न स्थानमा व्यापारीहरूले सामान किनेर लैजाने गर्छन् । भरतपुर, टाँडी, गीतानगरलगायतका स्थानमा बजार क्षेत्र बढ्दो क्रममा रहेको भए पनि अधिकांश उपभोक्ताहरू नारायणगढ नै पुग्ने गर्छन् । बेलुकीको समयमा बजारमा अझ बढी उपभोक्ताहरूको घुइँचो लाग्ने गर्छ ।
ठूलो बजार र आवश्यक पर्ने सबै सामान पाइने भएकाले नारायणगढ नै पुग्नुपरेको भरतपुर महानगरपालिका- ७ कृष्णपुरका रविकिरण पोख्रेलले बताए । ‘बजार ठूलो छ । आवश्यक परेका सबै सामान पाइएला, केही सस्तो पनि पाइएला भनेर आएको हुँ’, उनले भने, ‘बजारमा आज त भीडभाड धेरै रहेछ । सामान किन्नै मुस्किल परेको छ ।’
भीडभाड बढेपछि बजारमा ट्राफिक व्यवस्थापन पनि चुनौतीपूर्ण बनेको छ । बजारमा सवारीको चाप बढेपछि ट्राफिक व्यवस्थापनमा चुनौती थपिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक भगवानराज थापाले बताए ।
‘सवारीको चाप बढेपछि भित्री बजार क्षेत्रमा ट्राफिक व्यवस्थापनमा चुनौती थपिएको छ । हामीसँग पर्याप्त जनशक्ति पनि छैन । पार्किङ गर्ने पर्याप्त क्षेत्र नभएर पनि बजार अस्तव्यस्त बनेको हो’, उनले भने । नारायणगढ बजारमा एक सिफ्टमा चार जना मात्र ट्राफिक प्रहरी खटाइएको उनले बताए ।
बिदाको दिन पनि भएकाले भीड बढेको हुन सक्ने नारायणगढ मिलनरोडका कपडा व्यापारी अरविन्द गुप्ताले बताए । ‘आज घटस्थापनाको दिन भएकाले होला, बजारमा हिजोअस्तिभन्दा अलिक भीड बढेको छ । व्यापार पनि भइरहेको छ’, उनले भने
प्रतिकृया दिनुहोस्