Wednesday, June 29

शाहरुख खानकी पत्नी गौरी पनि जब एयरपोर्टमा ड्र ग्स सहित भेटिइन्

October 8, 2021 211

एजेन्सी । बलिउडका बादशाह शाहरुख खानका छोरा आर्यन अहिले प्रहरी हिरासतमा छन् । उनी ड्र ग्स प्रयोग गरेको आरोपमा पक्राउ परेका हुन । छोरा पक्राउ परेपछि शाहरुख खान र उनकी पत्नी गौरी पनि विवादमा आएका छन् । उनीहरुका बारेमा पनि विभिन्न कुरा सार्वजनिक भएका छन् । शाहरुखकी पत्नी गौरी खान इन्टेरियर डिजाइन र प्रोड्युसर पनि हुन् । उनी ५१ वर्षकी भएकी छन् ।

छोराका कारण गौरी र शाहरुख खान यतिबेला समस्यामा छन् । उनीहरुको पक्ष र विपक्षमा विचारहरु सार्वजनिक भएका छन् । केही वर्षअगाडि गौरी खान पनि ड्र ग्स सहित भेटिएको चर्चा चलेको थियो । उनी बर्लिन एयरपोर्टमा भेटिएकी हुन् । प्रहरीले यस विषयमा कुनै पनि आधिकारिक जानकारी दिएको थिएन । तर, गौरी ड्र ग्स प्रयोग गर्ने गरेको जनाइएको छ ।

गौरी खानलाई त्यस समयमा पक्राउ गरिएन किनकी उनीसँग एक व्यक्तिले प्रयोग गर्ने जति नै गाँ जा थियो । उनीबारे यस विषयमा लगातार समाचार प्रशारण हुन थालेपछि गौरी खानले अन्तरवार्तामा उक्त समाचारलाई अफवाह बताएकी थिइन् ।काठमाडौ । नेपाल प्रहरीले एउटा घटनामा निकै ठूलो सफलता हासिल गरेको छ । अप हर णमा परेको १० घण्टामै १३ वर्षका बालकलाई सकुशल नेपाल ल्याएको छ । उनीहरुले बालकलाई भारत पुर्याएका थिए । सुनसरीको कोसी गाउँपालिका–७ स्थित हरिपुरका १० वर्षका बालकलाई भारतवाट सकुशल नेपाल ल्याएका हुन् । भारतीय नागरिकबाट अप ह रित १३ वर्षीय बालकलाई उद्धार गरी प्रहरीले नेपाल ल्याउन सफल भएको हो ।

प्रहरीको यो कामको निकै प्रशंसा भएको छ । हरिपुरका दिपेन सदालाई बिहबार दिउँसो बिहारको सुपौल जिल्ला, बदबदैपुर ग्राम पञ्चायत–६ बैरयाकमालका मुकुम मियाँको संलग्नतामा अ पर ह ण गरिएको थियो ।नेपाल प्रहरीको टोलीले भारतीय प्रहरीसँग समन्वय गरेर राति १ बजेर ५० मिनेटमा बैरयाकमलस्थित मुकुम मियाँको घरबाट उद्धार गरिएको थियो । उक्त स्थान भारत नेपालको सीमाबाट ३५ किलोमिटरको दूरीमा पर्छ ।

सदा बिहीबार अपरान्ह ३ बजे देखि हराएका थिए । उनलाई मियाँसहित आएका दुई जनाले मोटरसाइकलमा राखेर भारत लगेका थिए । नेपालबाट ज्याला मजदुरी गर्नेहरुलाई भारत लैजाने ठेकेदार समेत रहेका मुकुम मियाँले मजदुर ल्याइदिनू भनेर कोसी गाउपालिका– ७ हरिपुर बस्ने भुटन सदालगायत ५ जनालाई अग्रिम २ लाख रुपैयाँ भुक्तानी दिए पनि कामदार नपठाएपछि पैसा असुल्लन उनैको गाउँका बालक अ प ह र ण गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । बालकलाई आमा र बुवाको जिम्मा लगाएको छ। थप अनुसन्धान भइरहेको सुनसरीका प्रहरी प्रवक्ता डीएसपी नरेन्द्र कार्कीले बताए।

प्रतिकृया दिनुहोस्