Saturday, July 2

वैवाहिक बन्धनमा बाधिए इन्द्रेणीका छत्र शाही र काजल जोशी

October 8, 2021 210

लोकप्रिय टेलिभिजन कार्यक्रम इन्द्रेणीका सबैको मन मुटुमा बस्न सफल जोडी छत्र शाही र काजल जोशी वैवाहिक बन्धनमा बाधिएका छन् ।दोहोरी खेल्न अब्बल यी जोडीको दोहोरीलाई लाखौं दर्शक स्रोताले रुचाएका छन् ।

ईन्द्रेणीमा लाईभ दोहोरी गाएर चर्चा कमाएका छत्र शाही र काजल जोशी लामो समयदेखि प्रेम सम्बन्धमा रहँदै आएका थिए । केहिसमय अगाडि इन्द्रेणी कार्यक्रमको स्टुडियोबाटै बिबाहको घोषणा गरेका थिए । यी जोडीले गाउँमा पुगेर बिबाह गरेका हुन् ।

यो पनि : युट्युबमा पहिलोपटक एक करोड भ्युज पाउने लोकदोहोरी गीत हो, ‘उही खोलीमा पानी…’।पाँच वर्ष अगाडि सार्वजनिक यस गीतमा केशव पौडेलको शब्द, बसन्त थापाको संगीत, राजन गुरुङ र देवी घर्तीको स्वर छ । यस गीतलाई स्रोता एवं दर्शकले रुचाएका थिए ।‘उही खोलीमा पानी’ सार्वजनिक भएको पाँच वर्षपछि ‘उही खोलीमा पानी २- जवानीको औषधि’ सार्वजनिक गरिएको छ ।

शुक्रबार मात्रै बसन्त थापा र देवी घर्तीको स्वरमा रहेको गीतको भिडियो सार्वजनिक गरिएको हो ।केशव पौडेलले कोरेका शब्दमा खेम पुनले संगीत भरेका छन् भने गीतमा याम थापा मगरको एरेन्ज रहेको छ ।

दोलखा जिल्लामा मनोरम दृश्यहरुमा भिडियोको छायांकन गरिएको छ । चित्र मास्की मगरको निर्देशन रहेको भिडियोमा लोमश शर्मा र रबिना भण्डारीको अभिनय छ । विवेक बि.क.को छायांकन रहेको भिडियोमा पदम सुवेदीको ग्राफिक्स एवं सम्पादन छ ।

प्रतिकृया दिनुहोस्