Wednesday, June 29

सर्पको टोकाईबाट झारफुक गर्दा गम्भीर बनेका झाँक्रीले गुमाए ज्यान

October 16, 2021 363

ताप्लेजुङ, ३० असोज- ताप्लेजुङ फुङ्लिङ नगरपालिका–९ हाङ्देवाका २५ वर्षीय कृष्णबहादुर घतानीको शनिबार बिहान सर्प दंशबाट मृत्यु भएकाे छ । जिल्ला अस्पतालमा उपचारको क्रममा घतानीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । भाइरल झाँक्री नामले परिचित उनलाई गएराति घरमै सर्पले टोकेको थियो।

शुक्रबार राति घतानीलाई सर्पले डसेको थियो । सर्पले डसेपछि सुरुमा घरमै झारफुक र घरेलु औषधि गराएका उनलाई शनिबार बिहान आफन्तले जिल्ला अस्पतालमा लगेर भर्ना गराएको थिए । झारफुक गर्दा अवस्था झन गम्भीर भएपछि मात्रै अस्पताल लगिएको मृतकका छिमेकी संविधानसभा सदस्य संचपाल मादेनले बताए। अस्पताल भर्ना गरेको केही समयमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।सिराहा : मध्याह्नको समय कोही खाना खाएर आराम गरिरहेका थिए त कोही घरमा खाना खाइरहेका थिए । डाक्नेश्वरी नगरपालिका–१० रञ्जितपुर टोलमा आइतबार अचा’नक आ’गोलागी भयो ।

स्थानीयबासी भरत चौधरीको परालको टालबाट स’ल्केको आ’गोले गाउँको पाँचवटा घर ज’ल्यो । क्षणभरमै भरतसहित बन्हु चौधरी, शोभा’कान्त चौधरी, उमाका’न्त चौधरी र लक्ष्मीकान्त चौधरीका घर ध्व’स्त भयो । गाउँलेहरूले न आराम गर्न पाए, नत आ’गो निभा’उन सके ।

डाक्नेश्वरी नगरपालिकामा बारु’णयन्त्र नहुँदा घरहरु खरानी भएको टुलु’टुलु हेर्नुपरेको उमाकान्तले बताउनुभयो । नजिकै रहेको शम्भुनाथ र राजविराज नगरपालिकाको बारु’णयन्त्र समेत बि’ग्रिएर मर्मतमा पठाइएकोले ३० किलोमिटर दूरीमा रहेको हनुमाननगर कंका’लिनी नगरपालिकाबाट बारुणयन्त्र आउँदा ढिलो भएको उमेश साहले बताउनुभयो ।

दुई घण्टामा बारु’णयन्त्र आई पुग्दा आगलागीबाट घरसहित घरभित्र रहेका खाद्यान्न, लत्ताकपडा, भाँडाबर्तन, नगद, जस्तापाता, काठ र फर्निचर ज’लेर खरा’नी भइसकेको थियो ।

परालको टालबाट नजिकै राखिएको दाउरा र गु’इठामा सल्कि’एर ह्वारह्वारी बलेको आगो निय’न्त्रण गर्न नसकिएको गाउँलेहरुको भनाइ छ । स्थानीयबासी रामु चौ’धरीका अनुसार नजिकै पानीको स्रोत पनि थिएन् । नजिकै रहेका पाँच घर आगोले ड’ढेर खरानी भयो । छाक टार्न घरमा राखिएको अनाज र लुगा’फाटासँगै नगद रुपैयाँ पनि ज’लेर खरानी भए ।

आ’गला’गीमा परेर बन्हु चौधरीको घर मात्र स’ल्केन नयाँ घर बनाउने योजना पनि स’ल्केर खरा’नी भयो । जस्तापाताको साटो नयाँ पक्की घर निर्माणका लागि उनले बैंकबाट ऋ’ण लिएर घरमा करिब ६ लाख रुपैयाँ जोहो गरेर राखेका थिए । बन्दाब’न्दीका बेला अरु काम गर्न निषेध गरिए पनि घर निर्माणको काममा रोकावट नभएकाले उनले यो बेला घर निर्माणको यो’जना बुनेका थिए ।

बन्हु भन्छन्–‘‘बस्दै आएको पुरानो घर स’ल्क्यो, जम्मा गरी राखेको नगद छ लाखमध्ये साढे पाँच लाख रकम समेत सल्कि’एर नयाँ घर बनाउने योजना पनि खरानी भयो ।’’ आगोसँगै घर बनाउने उनको सपना पनि त्यही धुवाँसँगै उडेर गयो । ‘

‘अब के गर्ने होला ? कहाँ बस्ने होला ?’’ बन्हुले चिन्ता प्रकट गर्नुभयो । जिल्ला प्रहरी कार्यालय, सप्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार बन्हु परिवारको नगदसहित १० लाख रुपैयाँ बराबरको क्ष’ति भएको छ ।

शोभाका’न्त चौधरीले मोटरसाइकल समेत निकाल्न पाउनुभएन । मोटरसाइकलसहित आफ्नो घरको सम्पूर्ण सामाग्री जलेर खरा’नी भएको शोभाकान्तले जनाउनुभयो । उमाकान्तले घरभित्र रहेको करिब तीन लाख रुपैयाँको सुनचाँदी ज’लेर नो’क्सान भएको दुखे’सो सुनाउनुभयो ।

आगोले बन्हुको र उहाँका छोराहरुको समेत घर जलेकाले कहाँ ओत लाग्ने चि’न्ता थपिएको छ । अहिले चौधरी परिवार विचल्लीमा परेका छन् । हनुमाननगरबाट आएको बारु’णयन्त्रले आगोको राखलाई पूर्णरुपमा निय’न्त्रणमा लियो तर बारुणयन्त्र आउनु अघि सबै सामान क्षणभरमा नै ध्व’स्त भयो, केही बाँकी रहेन ।

प्रतिकृया दिनुहोस्