Thursday, July 7

साहुले चलाएकाे बस दुर्घटना : चालककाे श्रीमतीसहित दुईको मृत्यु

October 17, 2021 255

काठमाडौं : सुर्खेतमा भएको मिनी बस दुर्घटनामा दुई जनाएको मृत्यु भएको छ।

दैलेखको बेस्तडाबाट सुर्खेत जाँदै गरेको कर्णाली प्रदेश ००१ ख ०१६६ नम्बरको बस सुर्खेतको लादे ओरालोमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

प्रहरीका अनुसार मृत्यु हुनेमा दैलेखको नारायण नगरपालिका–११ का सुशील राउत र भगवती गाउँपालिका–१ की ३४ वर्षीया शान्ता थापा आचार्य छन्। दुर्घटनामा गम्भीर घाइते उनीहरुको अस्पताल पुर्‍याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

मृतक शान्ता बस चालककी श्रीमती रहेको र चालक फरार छन्। बस भने साहुले चलाएको प्रहरीले जनाएको छ। बसमा ३४ यात्रु रहेको र घाइतेहरूलाई उपचारका अस्पताल पठाइएको प्रहरीले जनाएको छ।काठमाडौंबाट विराटनगरका लागि चार्टड हेलिकोप्टर हेलिल्याण्ड थाहा नभएर धान खेतमा अवतरण गरिएको हो। काठमाडौंबाट विराटठनगरका लागि उडेको हेलिकप्टर समयमा शनिबार साझ ६ः४० मा इनरुवाको सखुवागाछी नजिक खेतमा आकस्मिक अवतरण गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार हेलिकप्टर सुरक्षित अवतरण गरिएको छ । तोकिएको समयमा विराटनगर नपुगेपछि एयर ट्राफिक कन्ट्रोलको निर्देशनअनुसार सखुवागाछी भन्ने ठाउँमा अवतरण भएको प्रहरी नायव उपरीक्षक डिएसपी नरेन्द्र कार्कीले जानकारी दिए ।

हेलिकोप्टरमा चालकदलका दुई सदस्यसहित काठमाडौं भ्यूटावरका निर्माता मनोज भेटवाल सवार थिए। बेलुका ६ बजेर ५ मिनेटमा स्थानीयले घरमाथि नजिकैबाट पिलिक्क पिलिक्क लाइट बाल्दै हेलिकप्टर दिशाहिन भएर इनरूवा ३ सखुवागाछीकाे घनावस्ती माथि माथि उडेको देखेका थिए।

उक्त दृश्य देखेपछि हेलिकोप्टर अब खस्ने हो कि तब खस्ने हो कि भनेर स्थानीय त्रसित भएका थिए। तर अन्तत: हेलिकोप्टर सखुवागाछीमा कुलेखानीकाे हाइटेन्सन नजिकैको धानखेतमा अवतरण भएको थियो।

क्याप्टेनका अनुसार काठमाडौंबाट विराटनगरका लागि चार्टर गरिएको उक्त हेलिकप्टर हेलि लाेकेशन थाहा नभएको कारण खेतमा ल्याण्ड गरिएको हो । हिलाे धानखेतबाट केही समयपछि भने उडाएर हेलिकोप्टर सुख्खा ठाउँमा सारिसकिएको छ।

प्रतिकृया दिनुहोस्