Wednesday, June 29

दुनियाँको एक कहालीलाग्दो मृ’त्युले सबैलाई अत्यन्तै भावुक बनायो

October 17, 2021 190

आफू सामान्य बिरामी भएको खबर कामले नेपालगन्ज गएका श्रीमानलाई पुर्‍याउछिन !,श्रीमानले गाउको मेडिकलमा उपचार गर्ने सल्लाह दिन्छन् !निको नहुदा आफू यतै छु काखको बच्चा मात्र ल्याएर आउ यतै उपचार गरेर जाँउला भनी नेपालगन्ज बोलाउछन उनका श्रीमानले ! अब बाँच्ने आशा सहित उनी घरको सबै चाँजोपाँजो मिलाई एक दुधे बालक काखमा च्यापेर एक्लै नाइट बस चड्छिन उनी !गाडीमा चिनेको मान्छे कोहि नहुदा काखको बालकलाई नै आफ्नो रात्रिकालिन यात्राको साथी अनि बिरामी अबस्थाको साहारा सम्झदै यात्रा गरिरहेकी हुन्छिन ! बिच बाटामा उनिलाइ उल्टि हुन्छ !वरपरकासबै सिटका मान्छेहरु मस्त निद्रामा हुन्छन् ! उनी आत्तिन्छिन र काखको बच्चालाई ओल्टाइपल्टाई बिउझाउने कोसिस गर्दा पनि उ बिउझिदैन !,उनलाई

उकुसमुकुस हुन्छ र सोच्छिन कि बाटामा मलाई केही भैहाल्यो भने यो काखको छोरा.. ???फेरि बच्चालाई उठाउने कोशिश गर्दा गर्दै उनलाई अन्तिम अबस्थाले च्याप्दै जान्छ र अम्तिम तागतले बच्चालाई दूध चुसाउदै भोलि बिहान सम्म बाँच्न सकु र काखको छोरालाई बुबाको जिम्मा लगाउन पाउ भन्ने कामना सहित छटपटाउदा छटपटाउदै आफू सधैको लागि निदाउछिन !बच्चा रुन थाल्छ र आसपासका सिटका मान्छेहरु बिउझेर उनलाई उठाउन खोज्दा उनी सधैको लागि निदाइसकेकी हुन्छिन !सबैले बच्चा नराम्रोसँग चिच्याएको देखेर उनलाई बोलाउन खोज्छन्।बोलाउँ छन् तर उनी निदाइरहेकी हुन्छिन्।नजिकै गएर बोलाउँदा समेत नबोलेपछी मानिसहरू जान्छन् तर उनी कहिले नब्युँझिने गरि चीर निद्रामा पुगिसकेकी हुन्छिन्।

काठमाडौँ– देशभर आजको मौसममा सामान्यदेखि भारी वर्षाको सम्भावना रहेको छ ।

भारतको आन्ध्र प्रदेश तथा ओडिसाको तटीय क्षेत्र आसपास रहेको न्यून चापीय प्रणाली र विकसित हुँदै गरेको पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले अधिकांश प्रदेशको मौसममा बदली भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाकाअनुसार आज देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १, २, वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा साथै कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित भारी हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ । उपत्यकासहित मुलुकका कतिपय स्थानमा शनिबार रातिदेखि नै वर्षा सुरु भएको छ । वर्षा भएर केही समय खुले पनि आज दिउँसोबाट आंशिक बदली हुने विभागले अनुमान गरेको छ ।

यस्तो छ विभागको आगामी तीन दिनको मौसम पूर्वानुमान

असोज ३१ गते आइतबार
दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश १, प्रदेश नं २, बाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा साथै कर्णाली प्रदेश प्रदेशका एक दुई स्थानहरुमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राति : देशभर सामान्य बदली रहनेछ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केहि स्थानहरुमा साथै प्रदेश १, प्रदेश नं २ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कात्तिक १ गते सोमबार

दिउँसो : देशभर सामान्य देखि पूर्ण बदली रहने छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा साथै प्रदेश १ र बागमती प्रदेशका केहि स्थानहरु तथा प्रदेश न २ का थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागहरुका थोरै स्थानहरुमा हल्का देखि मध्यम र वाकी हिमाली भूभागहरुका थोरै स्थानहरुमा हल्का हिमपातको समेत सम्भावना छ । सुदूरपश्चिम प्रदेश को एक/दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

राति : देशभर सामान्य देखि पूर्ण बदली रहने छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै प्रदेश १, प्रदेश नं २, बागमती र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका पश्चिमी र मध्य उच्च पहाडी तथा हिमाली भूभागहरुका केही स्थानहरुमा हल्का देखि मध्यम र वाकी हिमाली भूभागहरुका थोरै स्थानहरुमा हल्का हिमपातको समेत सम्भावना छ । सुदूरपश्चिम प्रदेश को एक/दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

कात्तिक २ गते मंगलवार

दिउँसो : देशभर सामान्य देखि पूर्ण बदली रहने छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा साथै प्रदेश १ र बागमती प्रदेशका केहि स्थानहरु तथा प्रदेश न २ का थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागहरुका केहि स्थानहरुमा हल्का हिमपातको समेत सम्भावना छ । सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरु तथा प्रदेश न १, कर्णाली प्रदेश र लुम्विनी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

राति : देशभर सामान्य देखि पूर्ण बदली रहने छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै प्रदेश १, प्रदेश नं २, बागमती र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका पश्चिमी र मध्य उच्च पहाडी तथा हिमाली भूभागहरुका थोरै स्थानहरुमा हल्का हिमपातको समेत सम्भावना छ। सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरु तथा प्रदेश न १, प्रदेश न २, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्विनी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

२४ घण्टाका लागि चेतावनी तथा परामर्श

प्रदेश १, प्रदेश नं २, बाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा साथै कर्णाली प्रदेश प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।

प्रतिकृया दिनुहोस्