Wednesday, June 29

बुद्ध एयरको फेरी अर्को घटना : ४६ जना यात्रु बोकेर काठमाडाैंबाट उडेकाे जहाज अन्तै पुग्याे

October 17, 2021 258

काठमाडौं। बुद्ध एयरको यू ४–१३३ नम्बरको जहाज सुर्खेत विमानस्थलमा अवतरण हुन नसकेपछि नेपालगञ्ज डाइभर्ट गरिएको छ । काठमाडौंबाट सुर्खेत आएको बुद्ध एयरको जहाज सुर्खेतको भेरी आसपासमा लागेको कुहिरोका कारणले विमानस्थलमा अवतरण हुन नसकेको हो।

सुर्खेत विमानस्थलमा अवतरण हुन नसकेपछि नेपालगञ्ज डाइभर्ट गरिएको बुद्ध एयर सुर्खेतका प्रमुख अनिल पन्तले बताए । ‘भेरी नदीको आसपासमा कुहिरोका कारण सुर्खेत विमानस्थल अवतरण गर्न सकिएन । त्यसैले नेपालगञ्ज डाईभर्ट गराइएको हो,’ उनले भने, ‘नेपालगञ्जबाट जहाज फेरि सुर्खेत आउन थालेको छ।

त्रिभुवन विमानस्थलबाट ८ बजे सुर्खेतका लागि उडान भरेको उक्त जहाजमा चालकदलका चार जनासहित ४६ जना यात्रु रहेका छन् । केहि दिनअघि काठमाडौंबाट विराटनगरका लागि उडेको बुद्ध एअरको एउटा जहाज दुर्घटना हुनबाट जोगिएको थियो।

विराटनगर विमास्थलमा अवतरण गर्न खोज्दा जहाजका पाङग्रा नखुेलेपछि पाइलटले काठमाडौं नै फर्काएर अवतरण गराएका थिए। काठमाडौंको आकाशमा आधा घण्टा बढी फन्को मारेको सो जहाज प्रकरणले देशलाई नै झस्काएको थियो।

जहाजलाई दुर्घटनाबाट जोगाएको भन्दै धेरैले पाइलट एजी शेर्पाको गुणगान गाए। उक्त प्रकरणबारे अनुसन्धान गर्न गठित बुद्ध एअरको समितिले पाइलट शेर्पासहितका क्रु मेम्बरको पनि कमजोरी औंल्याएको छ।

बुद्ध एयरका अर्का क्याप्टेन अनन्त डंगोलको संयोजकत्वमा गठित छानबिन समितिले विमान उड्नुअघि क्रु मेम्बरले जहाजको ‘इन्डिकेटर’को संकेत याद नगरी उडान गर्दा समस्या आएको निष्कर्ष निकालेको छ। ‘बाहिरी सूचनामा बढी भर पर्दा समस्या आएको हो, इन्डिकेटरले पहिले नै संकेत गरेको देखिएको छ,’ प्रतिवेदनमा उल्लेख गरिएको छ।काठमाडौं। बुद्ध एयरको यू ४–१३३ नम्बरको जहाज सुर्खेत विमानस्थलमा अवतरण हुन नसकेपछि नेपालगञ्ज डाइभर्ट गरिएको छ । काठमाडौंबाट सुर्खेत आएको बुद्ध एयरको जहाज सुर्खेतको भेरी आसपासमा लागेको कुहिरोका कारणले विमानस्थलमा अवतरण हुन नसकेको हो।

सुर्खेत विमानस्थलमा अवतरण हुन नसकेपछि नेपालगञ्ज डाइभर्ट गरिएको बुद्ध एयर सुर्खेतका प्रमुख अनिल पन्तले बताए । ‘भेरी नदीको आसपासमा कुहिरोका कारण सुर्खेत विमानस्थल अवतरण गर्न सकिएन । त्यसैले नेपालगञ्ज डाईभर्ट गराइएको हो,’ उनले भने, ‘नेपालगञ्जबाट जहाज फेरि सुर्खेत आउन थालेको छ।

त्रिभुवन विमानस्थलबाट ८ बजे सुर्खेतका लागि उडान भरेको उक्त जहाजमा चालकदलका चार जनासहित ४६ जना यात्रु रहेका छन् । केहि दिनअघि काठमाडौंबाट विराटनगरका लागि उडेको बुद्ध एअरको एउटा जहाज दुर्घटना हुनबाट जोगिएको थियो।

विराटनगर विमास्थलमा अवतरण गर्न खोज्दा जहाजका पाङग्रा नखुेलेपछि पाइलटले काठमाडौं नै फर्काएर अवतरण गराएका थिए। काठमाडौंको आकाशमा आधा घण्टा बढी फन्को मारेको सो जहाज प्रकरणले देशलाई नै झस्काएको थियो।

जहाजलाई दुर्घटनाबाट जोगाएको भन्दै धेरैले पाइलट एजी शेर्पाको गुणगान गाए। उक्त प्रकरणबारे अनुसन्धान गर्न गठित बुद्ध एअरको समितिले पाइलट शेर्पासहितका क्रु मेम्बरको पनि कमजोरी औंल्याएको छ।

बुद्ध एयरका अर्का क्याप्टेन अनन्त डंगोलको संयोजकत्वमा गठित छानबिन समितिले विमान उड्नुअघि क्रु मेम्बरले जहाजको ‘इन्डिकेटर’को संकेत याद नगरी उडान गर्दा समस्या आएको निष्कर्ष निकालेको छ। ‘बाहिरी सूचनामा बढी भर पर्दा समस्या आएको हो, इन्डिकेटरले पहिले नै संकेत गरेको देखिएको छ,’ प्रतिवेदनमा उल्लेख गरिएको छ।

प्रतिकृया दिनुहोस्