Saturday, June 19

धेरै प्रयास गर्दा-गर्दै पनि काठमाडौंमा देखियो यस्तो गम्भीर समस्या !

May 23, 2021 210

धेरै प्रयास गर्दा-गर्दै पनि काठमाडौंमा देखियो यस्तो गम्भीर समस्या ! विश्वव्यापी महामारी फैलिएको को- भिड–१९ सङ्क्रमण नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञाको उल्लङ्घन गर्ने क्रम अझै रोकिन सकेको छैन । हिजाे मात्रै मुलुकभर यसरी आदेश नमानी हिँड्ने चार हजार ८५९ वटा सवारी साधनलाई नियन्त्रणमा लिएको छ ।

तीमध्ये एक हजार ४९७ गाडी र तीन हजार ३६२ मोटरसाइकल छ । यस्तै मास्क नलगाई हिँड्ने क्रमसमेत रोकिन सकेको छैन । सङ्क्रमण दर बढ्दो क्रममा रहेको र दैनिक झण्डै २०० को हाराहारीमा मानिसको मृ- त्यु भएरहेको विवरण सार्वजनिक हुँदासमेत लापरवाही गर्दै उल्लङ्घनको क्रम कायमै छ । यस्तै मास्क नलगाई हिँड्ने क्रमसमेत रोकिन सकेको छैन ।

नयाँ भेरियन्टसहित को-भिड–१९ सङ्क्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा सञ्चालित ‘तपाईँको मास्क खोई ?’ कार्यक्रमअन्तर्गत पछिल्लो २४ घण्टामा ८३२ जनालाई निःशुल्क मास्क वितरण गरिएको छ । को-भिड–१९ रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकार स्वास्थ्य मन्त्रालयद्वारा तोकिएको मापदण्ड उल्लङ्घन गर्ने २३४ जनालाई सङ्क्रामक रोग ऐन, २०२० बमोजिम जरिवाना तिराएर कारवाही गरिएको प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले बताउनुभयो ।

प्रतिकृया दिनुहोस्