Saturday, July 2

ग्याँस सिलिण्डर बोकेर काठमाडौं आउँदै गरेको ट्रक थानकोटमा दुर्घटना

October 19, 2021 146

काठमाडौंको चन्द्रागिरी नगरपालिका वडा नं. २ पिपलामोड नजिक ग्यास सिलिण्डर बोकेको ट्रक दुर्घटना भएको छ ।

ग्यास सिलिण्डर बोकेको ना ७ ख ३९४९ नम्बरको ट्रक पिपलामोड र ढलानको बीचमा गएराति १२ बजेतिर दुर्घटना भएको हो । दुर्घटनामा मानवीय क्षति भने भएको छैन ।

धादिङबाट काठमाडौंतर्फ आउँदै गरेको ट्यांकर थानकोट नजिक पिपलामोडमा पल्टेको हो ।

आज राती भएको उक्त दुर्घटनाका कारण राजधानीबाट बाहिर जाने र भित्रिने सवारीसाधन र यात्रुहरु अलपत्र परेका हुन् ।

बाटोभरि ग्यास सिलिण्डरहरु छरिएका थिए । ट्राफिक प्रहरीको र्‍याकरले ट्रकलाई हटाउन नसकेपछि यान्त्रिक कार्यालयको र्‍याकर मगाएर ट्रकलाई हटाइएको छ ।

आज बिहान ६ बजेर १० मिनेटदेखि दुईतर्फी नै राजमार्ग खुलेको ट्राफिक प्रहरी प्रवक्ता एवम् प्रहरी उपरीक्षक सन्जिब शर्मा दासले जानकारी दिए । ‘सुरुमा पैदल हिंडेर पनि वारिपारी गर्न सकिने अवस्था थिएन । अहिले भने सडक खुलेपछि अवस्था सामान्य छ,’ उनले भने । रातिको बेला दुर्घटना भएकाले गाडीहरुको चाप नभएको उनले बताए ।काठमाडौँ । एसिड आक्रमणमा परेकी संगिता थापा मगरले आफ्नो १ वर्ष लामो प्रेम सम्बन्धलाई विबाहमा परिणत गरेकी छिन् ।

६ वर्ष अघि एसिड आक्रमणमा परेकी संगिताले आफ्नो बिहेको तस्वीर फेसबुकमा सार्वजनिक गर्दै खुशी व्यक्त गरेकी छिन् । संगीताले पाँचथरका निश्चल लिम्बुसँग लगनगाँठो कसेकी हुन् ।

संगिताले सामाजिक संजालमा तस्विर राख्दै निश्चल र आँफुले एसिड आक्रमणविरुद्ध अभियान चलाउने बताएकी छन् । संगितामाथि २०१५ फेब्रुअरी २२ तारिखका दिन काठमाडौंको बसन्तपुरमा एसिड आक्रमण हुँदा अनुहार र छातिको निकै भाग जलेको थियो ।

त्यस्तै ,काठमाडौं । मोटरसाइल दुर्घटनामा परी रामेछापका एक युवकको क्रममा निधन भएको छ । रामेछाप गोकुलगंगा गाउँपालिका–६ फर्पु निवासी ३२ बर्षिय लक्ष्मण सुनुवारको पेप्सीकोलामा मोटरसाइकल दुर्घटनामा परी उपचारको क्रममा मृत्यु भएको हो ।

रामेछाप निवासी सुनुवार हाल काठमाडौं महानगरपालिकाका छाप्रोमा बस्दै आएका सुनवारलाई मंगलवार साँझ पदैल हिँडिरहेको अवस्थामा प्रदेश ३०२-०११ प ३६१९ नम्बरको मोटरसाइकलले ठ’क्कर दिँदा गम्भीर घाइते भएपछि उपचारको लागि मदरल्याण्ड अस्पताल पेप्सीकोलामा लगिएको थियो ।

मदरल्याण्ड अस्पतालमा उपचार हुन नकसेपछि उनलाई थप उपचारको लागि ट्रमा सेन्टरमा लैजाने क्रममा मृत्यु भएको महानगरीय प्रहरी वृत्त वानोश्वरले बनाएको छ । प्रहरीका अनुसार मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिकृया दिनुहोस्