Monday, June 27

टिकटक, पब्जी र फ्रिफायर तुरुन्तै बन्द गर्न अदालतको आदेश !

October 19, 2021 170

टिकटक, पब्जी र फ्रिफायर तुरुन्तै बन्द गर्न अदालतको आदेश ?

भिडियो सेयरिङ एप टिकटक र मोबाइल गेम पब्जी तथा फ्रि–फायरमा प्रतिबन्ध लगाउन बंगलादेशको सर्वोच्च अदालतले त्यहाँको सरकारलाई आदेश दिएको छ ।
बालबालिकाको मानसिक स्वास्थ्यमा असर पार्ने किसिमका अनलाईन गेम र एपहरु तत्काल प्रतिबन्ध गर्न अदालतले आदेश दिएको हो ।
अदालतले यस्ता गेम र एपमाथि प्रतिबन्ध नलगाउनुको कारण १० दिन भित्र पेश गर्न सरकारको नाममा आदेश जारी गरेको छ ।*

डेली स्टार (बंगलादेशी पत्रिका) को रिपोर्ट अनुसार यस्ता एपमाथि प्रतिबन्ध माग गर्दे परेको रिटमा सुनुवाई गर्दै न्यायधीश मोजिबुर रहमान मिया र न्यायधीश कमरुल हुसेन मोल्लाह सहितको बेञ्चले यस्तो आदेश दिएको हो ।

युवा र बालबालिकाको मानसिक स्वास्थ्यमा असर पार्ने एपमाथि प्रतिबन्ध लगाउनको लागि सिफारिस गर्ने गरी प्रविधि विज्ञ, शिक्षाविद् र अधिवक्ताहरुको समिति गठन गर्न बंगलादेशी बंगलादेश टेलिकम्युनिकेसन एण्ड रेगुलेसन कमिसन (बीटीआरसी) लाई आदेश दिनको लागि पनि रिट निवेदकहरुले माग गरेका छन्काठमाडौँ । मधुमेह अर्थात (सुगर) चिनी रोग मानव स्वास्थ्यका लागि एक चुनौतिको रुपमा रहेको रोग हो। मधुमेह स्वास्थ्यका लागि निकै खतरनाक हुन्छ। तर, मधुमेहको सुरुवाती लक्षणलाई पहिचान गर्न सकियो भने सामान्य रुपमा नियन्त्रण गर्न सकिन्छ।

नियमित व्यायमका साथै विशेष आहारको सहायताले मधुमेहलाई नियन्त्रण गर्न सकिन्छ। यदि मधुमेह भएको छ भने आफ्नो खानपानमा विशेष ध्यान दिनुपर्छ। आज हामी तपाईलाई सुगर रोगीका लागि निकै उपयोगी केही खानाका बारेमा जानकारी दिदैछौँ । सुगर रोगीका लागि यी सात चिज अमृत सरह मानिन्छन्ः

सिमीः सिमीमा प्रचुर मात्रामा फाइबर पाइन्छ। साथै, यो प्रोटिनको राम्रो स्रोत मानिन्छ जसका कारण यसलाई मधुमेहका रोगीले आफ्नो खानामा संलग्न गर्न आवश्यक छ।

सन् २०१२ मा गरिएको एक अनुसन्धानको अनुसार टुसा उम्रिएको सिमीको तरकारी दिनमा एक कप खाने गर्नाले रगतमा चिनीको मात्रा सन्तुलित हुने गर्दछ भने ब्लड प्रेसर पनि कम गर्ने गर्दछ। अमेरिकन हर्ट असोसियसनका अनुसार धेरै मात्रामा फाइबरको सेवनले हृदयघात हुनबाट पनि बचाउँछ।

निलो बयरः निलो बयर अथवा ब्लुबेरी त्यस्तो फलको परिवारमा पर्दछ जसमा फ्लेभोनोइडको मात्रा अत्यधिक रहेको हुन्छ। फ्लेभोनोइड एउटा यस्तो तत्व हो जसले मुटुलाई स्वस्थ राख्न मद्दत गर्दछ।

‘निलो बयरमा फाइबरको मात्रा अत्यधिक हुने भएकाले मधुमेहको खतरालाई कम गर्दछ भने रगतमा चिनीको मात्रालाई संतुलित राख्ने गर्दछ,’ नेशनल डाइबिटिज एजुकेसन प्रोग्रामकी जोओने एम।ग्यालिभेन बताउँछिन्। ताजा अनुसन्धानले निलो बयरमा क्यान्सरविरोधी तत्व पनि पाइने ग्यालिभेन बताएकी छिन्।

ब्रोकाउली : ब्रोकाउलीमा बेटा–क्यारोटिन नामक एन्टिअक्सिडेन्ट पाइन्छ जसले मधुमेह रोगीलाई फाइदा पुर्याउँछ । यसमा भिटामीन ‘ए’ प्रचुर मात्रामा पाइने हुँदा दाँत, हड्डी, छाला र आँखालाई फाइदा पुर्याउने गर्दछ। यो फोलेट र फाइबरको खानी भएका कारण स्वस्थ्यको लागि निकै लाभदायक मानिन्छ।

गाजर: गाजरलाई भिटामिन ‘ए’को खानीको रुपमा लिइन्छ। यो भिटामिन रोग प्रतिरोधात्मक क्षमता वृद्धिको लागि आवश्यक तत्व मानिन्छ। यसले मधुमेह रोगलाई राहत प्रदान गर्दछ भने केहि क्यान्सरबाट मुक्ति दिने मायो क्लिनिकले बताएको छ।

माछाः सन् २०१० को डायटरी गाइडलाइन फर अमेरिकाले हप्तामा दुईपटक माछा खान सुझाएको छ। माछामा ओमेगा–३ फ्याटी एसिड पाइने हुँदा यसले अरहाथमियास (असामान्य मुटुको धड्कन) को जोखिमलाई कम गर्ने गर्दछ। मधुमेहका रोगीले माछाको सेवन गर्नु लाभदायक मानिन्छ।

लसुनः खानालाई मिठो बनाउन हालिने लसुनमा औषधीय गुणसमेत रहेको छ। यसले उच्च कोलेस्ट्रोल, मुटु रोग, उच्च रक्त चाप र क्यान्सरको खतरालाई टाढा राख्ने गर्दछ।

प्याजः प्याजमा एन्टिअक्सिडेन्टको मात्रा बढि हुने भएकाले यसले मधुमेहका रोगीलाई फाइदा पुर्याउँछ। प्याजमा मुटुलाई फाइदा पुर्याउने फाइबर, पोटासियम र फोलेटजस्ता तत्व हुने भएकाले यसलाई खानामा संलग्न गर्न अत्यावश्यक छ।

सन् २००२ मा अमेरिकन जर्नल अफ क्लिनिकल न्युट्रिसनले गरेको अनुसन्धान अनुसार प्याजमा पाइने फ्लेभोनोइड क्वेरसेटिनले दीर्घ रोग लाग्न बाट बचाउँछ।

प्रतिकृया दिनुहोस्