Thursday, September 23

आफ्नै श्रीमतीलाई अर्काको मोबाइलवाट हेर्नै नसकिने म्यासेज पठाएर फसाउने धन्दा ! घटना मिलाउन भन्दै लाखौको बार्गेनिङ (भिडियो हेर्नुस्)

May 11, 2021 432

काठमाडौ । पोखरामा एउटा यस्तो समुहका बारेमा समाचार सार्वजनिक भएको छ । जहाँ एक जना पुरुष र महिला (श्रीमान, श्रीमती) ले मिलेर अर्काको मोवाइलवाट नराम्रो म्यासेज पठाउने र वार्गेनिगं गर्दै पैसा उठाउने गरेको आरोप लागेको छ । नारायण पौडेल र उनको श्रीमती अञ्जु नाम गरेकी महिलाले यस्तो काम गर्ने गरेको धेरै ब्यक्तिले आरोप लगाएका छन् ।

उनीहरुलाई चार जनाले यस्तो आरोप लगाएका छन् । जसमा मानव अधिकारकर्मी भन्ने सिर्जना वाग्लेको नाम पनि जोडिएको छ । कलाकार किशोर खतिवडा र उनको प्रेमीका लक्ष्मी गदालबीच समस्या पारेर उनीहरुसंग पैसाको लागि वार्गेनिगं गरेको भिडियो सार्वजनिक भएपछि हामी पनि यसरी नै समस्यामा परेका छौं भन्दै थुप्रै ब्यक्ति सार्वजनिक भएका हुनन् ।

एक जना महिलाका श्रीमान सुन्दर कुमार केसी ५ महिना देखि हिरासतमा छन् । नारायण पौडेल र उनको श्रीमती अञ्जु नाम गरेकी महिला मिलेर आफुलाई समस्यामा पारेको कल्पनाको भनाई छ । सो समुहमा आफुलाई महिला मानवअधिकारकर्मी बताउने सृजना वाग्ले पनि सहभागी भएको देखिएको भिडियोमा कल्पनाले बताएकी छन् । लक्ष्मी गदालले उनीहरुको वारेमा वास्तविकता वताएपछि आफुलाई पनि हिम्मत आएर उनीहरुका बारेमा खुलाउन हिम्मत आएको बताएकी छन् ।

आफुले नारायण पौडेलसंग १५ लाख रुपैया लिन बाँकी रहेको र सोही पैसाको साटो जग्गा दिने भनेर उनीहरुले भने पछि अञ्जु र कल्पनाको श्रीमान संगै जग्गा हेर्न भन्दै गएका थिए । त्यही संगै गएको बेलामा मलाई कल्पनाको श्रीमानले अनैतिक काम गरे भनेर आरोप लगाएको कल्पनाको भनाई छ । कल्पना गदाललाई पनि अञ्जु नाम गरेकी महिलाले तिम्रो श्रीमान मसंग छन्, म किशोरको श्रीमती हो भन्दै फोन गरेपछि किशोर र लक्ष्मीको बिचमा समस्या आएको थियो ।

कल्पना भन्दा पहिला एक जना पूर्व आर्मी रामकुमार खत्री पनि आफुलाई अञ्जुलाई नराम्रो म्यासेज पठाएको आरोपमा अदालत धाइरहेको भन्दै सार्वजनिक भएका थिए । कल्पना, पूर्व आर्मी रामकुमार खत्री र लक्ष्मी गदालको घटनामा एउटै समुह संलग्न भएको देखिएको छ । त्यसमा मानवअधिकारकर्मी बताउने सिर्जना वाग्ले समेत रहेको उनीहरुले बताएका छन् ।

प्रतिकृया दिनुहोस्