Monday, June 27

पुण्य गौतमको राजनीतिमा फड्को, माधव नेपालले आजै सुम्पिए यति ठूलो जिम्मेवारी !

October 21, 2021 115

फेसबुक, युट्युब, टिकटक लगायतका सामाजिक सञ्जालमा सर्वाधिक लोकप्रिय पुण्य गौतमले राजनीतिमा फड्को मारेका छन् ।
गौतम नेकपा एमाले विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कमिटिमा चयन भएका हुन् ।

गौतमले आफू नेकपा एसको केन्द्रीय सदस्य बनेको कुरा सामाजिक सञ्जाल फेसबुक मार्फत बताएका छन् ।
गौतमले आफूलाई केन्द्रीय कमिटिमा मनोनयन गरेकामा पूर्वप्रधानमन्त्री तथा नेकपा एसका अध्यक्ष माधव नेपाललाई धन्यवाद दिएका छन्।

आफ्नो फेसबुक स्टाटसमा उनले लेखेका छन्ः ‘मलाई नेकपा एकीकृत समाजवादीको केन्द्रिय स।कमिटी सदस्यको जिम्मेवारी दिनुभएकोमा श्रद्धेय
अध्यक्ष एवं सम्माननिय पुर्व प्रधानमन्त्री क.माधव नेपाल र हाम्रो पार्टीप्रती हार्दिक आभारी छु’फेबसकु, युट्युब, टिकटक लगायतका सामाजिक सञ्जाल चलाउने प्रयोगकर्तामध्ये उनलाई नचिन्ने सायदैं होलान् ।

तत्कालिन समयमा उनलाई नेकपा एमालेको केन्द्रीय सदस्य बनाईएको र अन्तिममा समयमा नाम काटिएको चर्चा पनि हुने गर्दछ ।काठमाडौ । अहिले मौसम निकै विग्रिएको छ । वेमौसमी वर्षाले जनजिवन प्रभावित पारेको छ । भारतमा भने वर्षाका बेलामा भएको एक विवाहले निकै चर्चा पाएको छ । ति विवाहका तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको छ ।

बेहुला बेहुलीको एक जोडी आफ्नो विहेमा अनौठोगरी पुगेको छ । बाढीका कारण सडकभरि डुबान भएपनि उनीहरु ठुल्ठुला पकाउने भाँडा ९खड्कुला० मा बसेर, तैरिँदै विवाह गर्न पुगेका हुन् ।

यसको फुटेज यतिबेला सामाजिक संजालमा अत्याधिक शेयर गरिएको छ । यसमा पानीले डुबेको सडकको बीचौँबीच भाँडामा तैरिएर फोटोग्राफरसँग भइरहेको देखिएको छ । उनीहरुले सो भाँडा स्थानीय मन्दिरबाट माँगेर लिएको बताइएको छ । यो एक मात्र विकल्प बाँकी भएकाले उनीहरुले यस्तो उपाय अपनाएको बताएका छन् ।

भिडियोमा बेहुला र बेहुली भाँडामा तैरँदै नभिजि विवाहको स्थलमा पुगेको देख्न सकिन्छ । बेहुलीले स्थानीय न्युज च्यानल एसियानेटसँग भनेकी छन्, “यस किसिमले विवाह गर्नेछौँ भनेर हामीले कहिल्यै कल्पना गरेका थिएनौँ । ” यसरी कठिन मौसमका वावजुद उनीहरुले विवाह जारी राखेका हुन् ।

भिडियोमा एक व्यक्तिले कारबो सट्टा बरु जहाज बुक गरेको भए हुने रहेछ भनिरहेको पनि सुन्न सकिन्छ । दुलही ऐसोर्या र दुलाहा आकाश दुवै चेंगानुर अस्पतालमा स्वास्थ्यकर्मीका रुपमा काम गर्ने बताइएको छ ।

प्रतिकृया दिनुहोस्