Thursday, July 7

जब पहिलो पटक आर्यनलाई भेट्न जेल पुगे शाहरुख खान, १८ मिनेट के गरे कुराकानी ?

October 21, 2021 167

काठमाडौ । बलिउड अभिनेता शाहरुख खान आफ्ना छोरा आर्यनलाई भेट्न पहिलो पटक पुगेका छन् । ड्रग घटनामा पक्राउ परेका आर्यनको रिहाइ बुधवार पनि भएन । बुधवार उनी बाहिर आउने अनुमान गरिएको थियो । तर बुधवार रिहा नभएपछि शाहरुख छोरालाई भेट्न पुगेका हुन् ।

शाहरुख यस अघि छोरा भेट्न गएका थिएनन् । पक्राउ परेर जेलमा रहेका छोरा आर्यन खानलाई बलिउड अभिनेता साहरुख खानले पहिलो पटक भेटेको भारतीय मिडियाले जनाएका छन् । उनी विहिवार विहान आर्थर रोड जेल पुगेर छोरालाई भेटेर फर्किएको भारतीय मिडियाले लेखेका छन् ।

यसअघि बुधबार मात्र त्यहाँको एक अदालतले जमानतमा रिहा हुनका लागि आर्यनले गरेको अपिललाई खारेज गरिदिएको थियो । मुम्बईको आर्थर रोड पुगेका साहरुखले त्यहाँ १८ मिनेट छोरासँग कुराकानी गरेको भारतीय मिडियाले लेखेका छन् । ३ अक्टोबरमा क्रुजमा ड्रग पार्टी गरिरहेको अवस्थामा पक्राउ परेका आर्यनसँग त्यसपछि साहरुख खानको यो पहिलो भेट हो ।काठमाडौं । लगातारको वर्षाले सप्तरीका १८ पालिकाका धानबालीमा क्षति पु-याएको छ । काटेर खेतमै रहेका अवस्थामा धानबाली डुबानमा परेपछि किसान चिन्तित बनेका छन् ।

छिन्नमस्ता गाउँपालिका–३ का किसान दीपेन्द्र यादवले खेतमा पानी जमेपछि काटेको धान डुबानमा परेकोे बताए । जिल्लाको दक्षिणी क्षेत्रका छिन्नमस्ता, तिलाठी कोइलाडी गाउँपालिका सहित पश्चिमी भेगका बलान विहुल,राजगढ गाउँपालिका, बोदे बरसाइन, डाक्नेश्वरी नगरपालिका, र पूर्वी भेगका हनुमाननगर कङ्कालिनी नगरपालिका क्षेत्रमा धानबालीलाई पानीले बढी असर पारेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार यसवर्ष जिल्लाको ६८ हजार हेक्टरमध्ये ६३ हजार हेक्टरमा धानबाली लगाइएकोे थियो । वर्षाले साथ दिँदा सतप्रतिशत रोपाइँ भएकाले केन्द्रले जिल्लामा धान उत्पादन बढ्ने अनुमान समेत गरेको थियो ।

आइतबार रातिदेखि परेको अविरल वर्षाका कारण उत्पादनमा करिब २० प्रतिशत क्षति पुग्ने जनाइएको छ । पाकेको धानबालीमा पानी जमेर नष्ट हुँदा किसान मर्कामा परेका छन् । ठूलो मिहिनेत र लगानी गरेको धानबाली भित्राउने बेलामा पानीमा डुबेर खेतमा धान झरेर टुसा उम्रिने भएपछि उनीहरु निरास भएका छन् ।

हावाहुरी र वर्षाको कारण खेतमा पाँजा लगाएको धानसमेत उठाउन नपाएको उनीहरुको दुखेसो छ । हनुमाननगर कङ्कालिनी–२ का किसान लाल माझीले थन्काउने बेलामा धाननष्ट हुँदा समस्या परेको बताए । उनले भने “खेतमा जम्मा भएको पानी सुक्दासम्म त धान झरेर उम्रिन्छ ।”

प्रतिकृया दिनुहोस्