Monday, June 27

यिनै हुन् न्यायाधीशको गाडीले ठ क्कर दिँदा निधन भएकी ४५ वर्षीया लक्ष्मी दाहाल

October 21, 2021 119

काठमाडौं– मोरङ जिल्ला अदालत परिसरमा न्यायाधीशकै गाडीले ठ क्कर दिँदा १ जना महिलाको मृत्यु भएको छ।

जिल्ला अदालत मोरङका न्यायाधीश इश्वर पराजुली चढ्ने बा १४ च ६०१६ नम्बरको कारले ठक्कर दिँदा अदालत परिसरमा चमेना गृह (क्यान्टिन) चलाउँदै आएकी ४५ वर्षीया लक्ष्मी दाहालको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार मंगलबार दिउँसो दाहाललाई न्यायाधीश पराजुली चढ्ने गाडीले ठ क्कर दिएको थियो। पार्किङमा राखिएको गाडीलाई चालकले त्यहाँबाट निकाल्न खोज्दा गाडी ‘उछिट्टिएर’ क्यान्टिनमा पुग्दा दुर्घटना भएको प्रहरीको भनाइ छ। प्रहरीका अनुसार दुर्घटनाको समयमा न्यायाधीश पराजुली गाडीभित्र थिएनन्।

गाडीको ठ क्करबाट ग म्भीर घाइते भएकी दाहाललाई उपचारका लागि कोशी अस्पतालमा लगिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

तर, दुर्घटनाको समयमा गाडीभित्र न्यायधिश पराजुली नरहेको प्रहरी उपरीक्षक जीसीले जानकारी दिए ।

दर खाँदा आफ्नो स्वास्थ्यको पनि ख्याल गर्न डाक्टरकाे सुझाव
तीजको अघिल्लो दिन आज दर खाने चलन छ तर हामीले आफ्नो स्वस्थ ख्यालै न गरि मनलागेको खाने गरेको पाईन्छ ।

दर खाने दिनमा विभिन्न मीठा परिकार बनाएर खाने र नाचगान गरेर रमाइलो गर्ने चलन छ ।

तीजको दिन निराहार ब्रत बस्ने परम्परा रहेकोले आज आडका लागि बेलुका पछि पौष्टिक तत्व भएका खानेकुरा खाने चलन चलेको हो ।

दर खाँदा आफ्नो स्वास्थ्यको पनि ख्याल गर्न डाक्टरले सुझाव दिएका छन् ।

जनस्वास्थयविद् डाक्टर अरुणा उप्रेतीका अनुसार सकेसम्म धेरै चिल्लो र पिरो खानेकुरा खानु हुँदैन । खानाको सन्तुलन नमिल्दा शरीरको रक्तचाप तथा सुगरको मात्रा घट्न गइ बेहोश हुन सक्ने उहाँले बताउनुभयो ।

दरमा माछामासु र अन्य खानेकुरासँगै हरियो सागपात पनि खानु पर्ने उहाँको भनाइ छ । भोलिको तीजका लागि धेरैजसो चेलीहरु आजै माइत जान्छन् ।

भोलि नाचगानसहित तीज पर्व मनाइन्छ । आउँदो शनिबार ऋषिपञ्चमी मनाए पछि यसपालिको तीज सकिन्छ ।

तीजमा पशुपतिनाथलगायत देशभरका शिवालयमा महिलाको भीड लाग्ने गरेको छ । तर पोहोर जस्तै यसपालि पनि कोरोनाको जोखिम कायमै रहेकाले भीडभाड नगर्न र आफ्नो परिवारमा मात्रै पर्वलाई सिमित राख्न डाक्टरले सुझाव दिएका छन् ।

प्रतिकृया दिनुहोस्