दि भ्वाइस अफ नेपालको पहिलो बिजेता सिडी बिजय अधिकारिले गरे बिहे ( फोटोसहित)

April 26, 2021 69

काठमान्डौ : नेपालको चर्चित सो द भ्वाइस अफ नेपालको पहिलो उपाधि जित्न सफल भएका सिडी विजय अधिकारी विवाह बन्धनमा बाधिँएका छन् ।उनले वैशाख १० गते हिन्दु परम्परा अनुशार विवाह गरेका हुन् ।

उनले सामाजिक सञ्जाल फेसबुक मार्फत उक्त्त कुराको जानकारी दिएका हुन् । उनले लेखेका छन्, समय परिष्थितिका कारणले अधुरो रहेको हाम्रो बिहेकर्म आज हिन्दु परम्परा अनि हाम्रा कुल-पितृको सम्मान सहित लाहाचोक आँफ्नै घरमा सम्पन्न।

कन्यादान गरेर कर्म पुर्ण गराउन साथ दिनुहुने मेरो अनन्य मित्र रमेश कडेललाई धेरै धेरै धन्यबाद ।’अधिकारी टिम दीपबाट फिनालेमा सहभागी भएर भ्वाइस अफ नेपालका पहिलो विजेता बनेका थिए । दीप श्रेष्ठले उनलाई गायन सिकाएका थिए।उनलाई बैवाहिक जिवनको धेरै धेरै शुभकामना !

प्रतिकृया दिनुहोस्