काठमाडौ । जेठको पहिलो साता सम्म मृत्यु शुन्य रहेको भक्तपुरमा पुनः संक्रमितको निरन्तर मृत्यु हुन थालेको छ । स्वास्थ्य कार्यालय भक्तपुरको तथ्यांकले यहाँ प्रत्येक ४ घन्टामा एकजना संक्रमितको मृत्यु भएको देखिएको छ । परिक्षण गरिएकाहरुमा पनि ९० प्रतिशत भन्दा माथि पोजेटिभ देखिएको छ । पछिल्लो ४८ घन्टामा १२ संक्रमितको मृत्यु भएको छ ।
सूर्यविनायक नपाका ३ महिला र २ पुरुष गरी ५ संक्रमितको मृत्यु भयो । भक्तपुर नपाका २–२ जना महिला र पुरुष गरी ४ जना संक्रमितले ज्यान गुमाए
त्यस्तै मध्यपुर थिमि नपाका एकएक महिला र पुरुष गरी २ जना तथा चाँगुनारायण नपाका एक महिला संक्रमितको मृत्यु भएको छ । गएको जेठ २ गते देखि यता एक साता सम्म संक्रमितको मृत्यु भएको थिएन ।
कार्यालयका प्रमुख कृष्ण मिजारले भक्तपुरमा गएको आइतबार एकसय ८८ जना नयाँ संक्रमित थपिँदा कुनै पनि संक्रमितको मृत्यु भएको थिएन । भक्तपुरमा वैशाख २८ गते अहिलेसम्मकै सबैभन्दा बढी ९ जना संक्रमितको मृत्यु भएको थियो। त्यस यता संख्या घट्दै गएको थियो ।
तर पछिल्लो ४८ घण्टा यता लगातार मृत्यु भइरहेको छ । भक्तपुरका नपाका ३७ पुरुष र २५ महिला गरी ६२ संक्रमितको मृत्यु हुँदा सूर्यविनायक नपाका ३७ पुरुष र २१ महिला गरी ५८ जनाले ज्यान गुमाएका छन् ।यहाँ सबैभन्दा कम चाँगुनारायण नपाका १६ जना पुरुष र ८ जना महिला गरी २४ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालय प्रमुख मिजारले जानकारी दिए ।
भक्तपुरमा पछिल्लो समय डिस्चार्ज हुने संक्रमितको संख्या बढेको छ । स्वास्थ्य कार्यालयका प्रमुख मिजारले शनिबार २८३ जना नयाँ संक्रमित थपिँदा ४२९ जना डिस्चार्ज भएको बताए । तर समग्रमा भक्तपुरका कुल संक्रमितमध्ये ७६ प्रतिशतमात्रै डिस्चार्ज भएका छन् । जसअनुसार ७ हजार ६३७ जना पुरुष र ६ हजार १४२ जना महिला गरी १३ हजार ७७९ जना संक्रमित डिस्चार्ज भएका हुन् ।
प्रतिकृया दिनुहोस्