Thursday, December 2

जोडी मिलाउने र निःसन्तानलाई सन्तान दिने?

October 25, 2021 141

प्चेश्वर महादेव मन्दिर नुवाकोट जिल्ला को राउतबेसी गाविसमा अवस्थित धार्मिक पर्यटकीय स्थल हो । विशेषगरी जोडी जुराउन र सन्तान माग्नकै लागी यस स्थानमा भक्तजनहरु दुप्चेश्वर महादेव पुग्ने गर्दछन् । सदरमुकाम विदुरदेखि पूर्वमा रहेको राउतवेंशी गाविसको दुप्चेश्वर महादेवको मन्दिरमा यस्तो आस्था बोकेर जाने भक्तजनको आकर्षणले पछिल्लो समयमा सांस्कृतिक तथा धार्मिक महत्वलाई उजागर समेत गरिरहेको छ ।हरेक वर्षको पुस महिनामा धान्यपूर्णिमाका अवसरमा साताव्यापी विषेश मेला, शिवरात्री, साउन महिना तथा हरेक सोमबार दुप्चेश्वर मन्दिरमा मेला लाग्ने गर्दछ । यहाँ मुख्यतः

सन्तान नहुने दम्पतिहरु सन्तान माग्न आउने र महादेवको भक्तिपछि दैवी शक्तिले सन्तान प्राप्त हुने विश्वास गरिन्छ । धान्यपूर्णिमादेखि एकसाता लाग्ने मेलालाई परम्परादेखि चल्दै आएको मेला नेपालकै सन्दर्भमा भने अलि अनोठो र फरक छ ।‘जे माग्यो त्यही पूरा हुने’ धार्मिक विश्वास रहेको यस मन्दिरलाई हिन्दू र वौद्ध धर्मालम्बीहरुले दोस्रो पशुपतिनाथको रुपमा पुकार्दै आएका छन् । विषेशगरी निःसन्तान दम्पतिको इच्छा पूरा गरिदिने भएकोले मेलामा भीड लाग्ने गरेको दुप्चेश्वर संरक्षण समितिले बताएको छ । दुप्चेश्वरको दर्शन गर्नाले मनले चिताएको पुग्ने, पुत्र प्राप्ती हुने, लामो समयसम्म

नबोल्ने बालबच्चा बोल्ने विश्वासमा यहाँ टाढाटाढाका भक्तजनहरु भाकल गर्ने र भाकल पुरा भएपछि पनि महादेवको दर्शनका लागि यहाँ आउने गर्दछन् ।छोराछोरी नभएकाको सन्तान, विवाह नभएकाको विवाहको लगन गराइदिन प्रार्थना गर्ने गरेको र इच्छा पूरा पनि भएको धेरै भक्तजनहरुको अनुभव पनि यहाँ सुन्न पाइन्छ । दुर्गम क्षेत्र समेत मानिने यस धार्मिक स्थलमा रहेको दुप्चेश्वर मन्दिर सातसय मिटरभन्दा अग्लो चट्टानको पहरोमा अवस्थित छ । मन्दिरको फेदीमा रहेको तादी नदीबाट बनाइएको घुमाउरो छिँडी हुँदै पालैपालो भक्तजनहरुले पूजा र दर्शनका लागी उक्लने गरेका छन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

हिन्दु धर्ममा जति भगवानको पूजा गरिन्छ त्यति नै बोट बिरुवाहरुको पनि पूजा गर्ने गरिन्छ । धार्मिक आस्थाले बोट-बिरुवाको महत्व छुट्टै रहे पनि वास्तुशास्त्र अनुसार भने बोट-बिरुवाको हाम्रो जीवनसँग सम्बन्धित छुट्टै महत्व रहेको छ । वास्तुशास्त्र अनुसार घरमा बोट-बिरुवा नराख्नाले घरमा बस्नेलाई आर्थिक, शारीरक एवं मानसिक समस्याको सामना गर्नुपर्ने बताएका छन् । घरमा सुख-समृद्धि पाउनका लागि केही बोट-बिरुवा लगाउन जरुरी रहेको बताएको छ । कुन बिरुवा रोपे कस्तो लाभ हुने यसप्रकार रहेका छन् ।

१. फेंगु शुईको अनुसार बासको बिरुवा समृद्धि र प्रगतिको प्रतिक हुन्छ । यसलाई घरमा जहाँ पनि राख्न सकिन्छ । यसले घरमा भएको नकारात्मक उर्जालाई समाप्त गर्ने काम गर्दछ ।

२. नरिवलको रुख पनि शुभ मानिन्छ । यसलाई घरमा राख्नाले घरको परिवारमा एक-अर्को प्रति प्रेम र सद्भावना बढाउँछ ।

३. केराको वृक्ष भगवान विष्णुको प्रिय मानिन्छ । धनको कारक ग्रह गुरूको यसमा प्रभाव रहेको हुन्छ । यसलाई उत्तर दिशामा लगाउनाले घरमा धन भित्रिने छ । केराको वृक्षको नजिक तुलसीको बोट लगाइयो भने अति शुभ हुन्छ । यसो गर्नाले विष्णु र लक्ष्मीको कृपा साथ-साथ प्राप्त भईरहन्छ ।

४. घर बाहिर वृक्षहरु लगाउने ठाउँ नभए घर भित्र मनी प्लान्ट लगाउन सकिन्छ । चाईनिज बास जस्तै यो वृक्ष पनि समृद्धिदायक बिरुवा मानिन्छ । मनि प्लान्ट रोपिसकेपछि त्यसको बिग्रिएको पातहरु भने समयमा नै टिप्नु पर्दछ ।

प्रतिकृया दिनुहोस्