Saturday, July 2

अनुहारै नहेरी फेसबुक र फोनबाट पर्यो लभ अनि बिहे, अन्तिममा रुवाबासी

October 27, 2021 129

बडीकेदार गाउँपालिका–१, बिपीनगरस्थित इलाका प्रहरी कार्यालयमा अपरिचित व्यक्तिको फोन आयो। फोन गर्नेले बाटोमा एकजना केटा र दुई केटीको झगडा भइरहेको सूचना दिए । झ’गडा गरिरहेकामध्ये एक केटीले आ’त्म ह’त्या गर्न खोजेको सूचना तिनले प्रहरीलाई दिए। इप्रका इन्चार्ज भरत चौधरीले तुरुन्तै टोली त्यहाँ पठाए । प्रहरीले तीनैजनालाई तत्कालै नियन्त्रणमा लिएर घटनाबारे बुझ्यो। ‘फेसबुकबाट त्यो केटाको एउटी केटीसँग ‘लभ’ परेको रहेछ, दुवै बिहे गर्ने तहसम्म पुगेका रहेछन्’,

घ ट नाबारे सुनाउँदै इन्चा‍र्ज चौधरीले भने, ‘तर केटीका आमाबुवाले केटा विवाहित भएको र उनकी श्रीमतीले अर्को बिहे गरेको थाहा पाएपछि बिहे गर्न मानेनछन्। त्यसपछि केटाले साथीमार्फत् अर्की केटीसँग परिचय भएर फोनमा बोल्दा बोल्दै माया बसेछ।’ केटाले अन्ततः अर्की केटीलाई पनि बिहे गर्ने तहसम्म पुर्‍याए। दुवै बिहे गर्न राजी भए। छोरीलाई खुसी साथ राखेर पढाइदिने बाचा गरेपछि आमाबुवाले पनि स्वीकृति दिए। आमाबुवाले टीकाटालो गरिदिएपछि उनीहरु बिदाइ भएर हिँडे।

यो खबर पहिलेकी केटीले थाहा पाइन्। त्यसपछि उनी दौडँदै बाटोमा आएर छेकिन् उनले आफूलाई धोका दिएको भन्दै केटासँग झ गडा थालिन्। उनले आफूसँग पनि बिहे गर्नुपर्ने अडान राखेर नत्र झु ण्डि एर म र्ने ध म्कीसमेत दिइन्। ‘दुवै केटीको उमेर १७/१८ वर्ष मात्रै छ। बिहे हुने त कुरै भएन’ इन्चार्ज चौधरीले भने, ‘दुवै केटीका अभिभावकलाई बोलाएर जिम्मा लगाइदियौँ।’ केही दिनअघि जिल्ला प्रहरी कार्यालयमा १८ वर्षीय केटा र १९ वर्षीया केटीको जोडी आयो।

तपाई शिवजीको भक्त हुनुहुन्छ भने यस्ता ५ वस्तुहरू कहिल्यै पनि नचढाउनुहोस् , यदि चढाएमा अनर्थ हुनेछ

हिन्दु धर्म र धर्मावलम्बीहरूका अनुसार, जुन ठाउँमा रिती पुर्याएर शिवजीको पुजा गरिँदैन अनि जुन ठाउँमा नियमित शिवजीको पुजा गरिँदैन, त्यो ठाउँमा शिवलिङ्ग राख्नुहुँदैन।किनकी, जहाँ शिवजीको अपमान हुन्छ, त्यहाँ ठूलो कष्ट आइपर्छ। भोलेनाथ एकदमै शान्त स्वभावका देवता हुन् र उनलाई सजिलैसँग खुसी बनाउन सकिन्छ। तर, उनको क्रोधलाई कसैले पनि सामना गर्न सक्दैनन्।

शिवजीलाई मनपर्ने कुराहरूः शिव भगवानको जीवन सिद्धान्त एकदमै साधारण छ। सादा जीवन उच्च विचारको दर्शनलाई पछ्याउने देवता हुन् शिवजी। जो मानिस बढि महत्वाकांक्षी हुन्छ, त्यो मानिस कहिल्यै पनि खुसी हुन सक्दैन।जसले आफ्नो इच्छा र चाहनाको धरातलभन्दा गहिरिएर आफैलाई बुझ्ने कोशिस गर्छ, त्यहि मानिसले मात्रै खुसीको स्वाद चाख्न पाउँछ। विभिन्न धर्मग्रन्थहरूमा उल्लेख गरिएका शिवजीको कथाबाट यहि सिक्न सकिन्छ।शिवजीले सबैभन्दा बढि मन पराउने वस्तुहरू भनेको गाँजा, भाङ्ग, धतुरो, बरफजस्तो चिसो गाईको दूध, श्रीखण्द र खरानी हुन्। त्यसैले यी कुराहरू चढाउँदा, शिवजी अत्यन्त खुसी हुन्छन्।

तथापी शिवपुराणका अनुसार, भक्तालुहरूले शिवजीको पुजा आरधना गर्दा यी ५ वस्तुहरू कहिल्यै पनि चढाउनुहुँदैन, यदि चढाएमा अनर्थ हुनेछः१. गोलाईँती फूल (केताकी फूल) एकदिन, विष्णु भगवान र ब्रह्मादेवको बीचमा ‘को बलियो’ भन्ने विषयमा घमासान युद्ध भइरहेको थियो। अनि जब उनीहरूले एकदमै खतरनाक अस्त्र प्रयोग गर्न लागे, तब उनीहरूको बीचमा ज्योतिर्लिङ्ग बनेर शिवजी प्रस्थान गर्नुभयो। त्यसपछि शिवजीले विष्णु र ब्रह्मालाई ज्योतिर्लिङ्गको फेद र टुप्पो पत्ता लगाउन आदेश दिनुभयो।

यो फूलको नाम ठाउँअनुसार फरक पर्ने हुन्छ। मध्यपश्चिमी क्षेत्रतिर यो फूललाई ‘गोलाईँती फूल’ भन्ने गरिन्छ भने तराई क्षेत्रमा यो फूललाई केताकी फूल भन्ने गरिन्छ।विष्णु देवले पनि शिवजीको आदेश मानी फेद खोज्न हिँडे, तर फेला पार्न सकेनन्। टुप्पो खोज्न हिँडेका ब्रह्मदेवले जुक्ती लगाए र गोलाईँती फूललाई आफुसँगै ढाँट्न आदेश दिए।

दुवैजना फर्किए र विष्णुले हार स्वीकारे। तर ब्रह्माले ज्योतिर्लिङ्गको टुप्पो फेला पारेको भनी ढाँटे। गोलाईँती फूल पनि ब्रह्माकै कुरामा सहमत जनाउँदै शिवलाई ब्रह्माले टुप्पा फेला पारेको कुरामा हो हो मिलायो।तर, ब्रह्माले ढाँटेको भनेर शिवजीले थाहा पाइहाल्नुभयो, किनभने उक्त ज्योतिर्लिङ्ग अनन्तसम्म फैलिएको थियो। ब्रह्मा र गोलाईँती फूलको त्यो झूटबाट क्रोधित शिवजीले ब्रह्माको एउटा टाउको काटिदिनुभयो र कसैले पनि उनलाई भगवान भनेर पुजा नगरून् भनेर ब्रह्मादेवलाई श्राप दिनुभयो।त्यसपछि, शिवजीले गोलाईँती फूलतर्फ फर्केर उनको पुजा गर्दा कहिल्यै पनि सो फूल प्रयोग गर्न नपाऊन् भनेर श्राप दिनुभयो।

२. तुलसी शिवपुराणमा उल्लेख गरिएअनुसार, दैत्य जालन्धरको वध गर्न एकदमै कठीन थियो, किनभने उनकी पत्नीको पतिव्रत शक्तिले उनलाई कुनै पनि देवताले हराउन नसक्ने शक्ति दिएको थियो।तर विष्णु भगवान एकदमै चलाख१ जालन्धर र महादेवको युद्ध भैरहेको बेला विष्णु भगवानले जान्धरको रूप धारण गरी उनकी पत्नी ‘तुलसी’को पतिव्रत शक्ति लुट्न गए। जालन्धररू

प्रतिकृया दिनुहोस्