Monday, June 27

झुठा समाचारहरुले मलाई अत्यन्तै दुःखी बनाएको छ’ : पल शाह !

October 27, 2021 118

गायिका समिक्षा अधिकारीसँग नाम जोडेर गसिप आएपछि नायक पल शाहले स्पष्टिकरण दिएका छन् । आइतबार साँझ नायक शाहले फेसबुकमा मार्फत समिक्षासँगको प्रेम चर्चा बारे स्पष्टिकरण दिएका हुन् ।

पल शाह लेख्छन्, “देश बिदेशमा रहनु भएका सम्पूर्ण मेरा दर्शक श्रोता ज्युहरुमा हार्दिक सम्मान अनि धेरै माया । बिगत केही दिनदेखी मेरो र गायिका समिक्षा अधिकारीको बिषयमा आइरहेका समाचारबाट म लगायत मेरो परिवार अनि मलाई माया गर्नुहुने सिङ्गो दर्शक दिर्घ नै दुखी बनेको महशुस हामीले गरेका छौं । जुनसुकै क्षेत्रमा काम गर्दा पनि केही व्यक्ती समुह कहि न कहि कुनै न कुनै प्रकारले नजिक हुने गर्छ यो हामी सबैलाई थाहा भएकै कुरा हो । मेरो पेशा र बिधाका कारण म धेरै मान्छेहरुसँग सहकार्य गर्नुपर्ने हुन्छ र म सँग जोडिनु हुने मेरा अग्रज, अनुज र सहकर्मीहरुमाझ मैंले सदैब आफुलाई सहज र सहयोगी तवरले प्रस्तुत गरिरहेको हुन्छु ।

अरु कलाकारहरुसँग जस्तै र अरुले जस्तै साङ्गितिक सहकार्य गायिका समिक्षा अधिकारीसँग पनि भएको कुरा यहाहरुलाई विदितै छ । हुँदै नभएका, गर्दै नगरिएका, बिना आधारका कुराहरुलाई गसिप बनाएर एउटा कालाकार र उसको व्यत्तिगत जीवन माथी आँच आउने किसिमले लेखिएका झुठा समाचारहरुले मलाई अत्यन्तै दुःखी बनाएको छ । यसरी कसैको व्यत्तिगत प्रतिष्ठा र चरित्र हत्या हुने गरि बदनाम गर्ने गरि समाचार नबनाई दिनुहुन सम्पूर्ण मिडियाकर्मी ज्युहरुलाई हार्दिक अनुरोध गर्दछु ।

मैंले सधै दर्शक श्रोता मेरो घर अनि मिडियालाई आफ्नो परिवार मानेको छु र सदैव मानिरहने छु । यहि घर परिवारको माया, आशीर्वाद र शुभेच्छाको कारणले गर्दा नै म यहाँसम्म आइपुगेको छु । मैंले जानेर नजानेर कसैको चित्त दुखाएको छु भने म यसै पोष्ट मार्फत हार्दिक माफी माग्दछु।

गायिका समिक्षा अधिकारी र मेरो बिचमा भएको मित्रता र सहकार्यलाई अन्य अन्य तथानम शिर्षक दिएर सिङ्गो पत्रकारितालाई पनि बदनाम गर्ने र हाम्रो चरित्र हत्या हुने कार्य नगरिदिनुहोला ।”गायिका समिक्षा अधिकारीसँग नाम जोडेर गसिप आएपछि नायक पल शाहले स्पष्टिकरण दिएका छन् । आइतबार साँझ नायक शाहले फेसबुकमा मार्फत समिक्षासँगको प्रेम चर्चा बारे स्पष्टिकरण दिएका हुन् ।

पल शाह लेख्छन्, “देश बिदेशमा रहनु भएका सम्पूर्ण मेरा दर्शक श्रोता ज्युहरुमा हार्दिक सम्मान अनि धेरै माया । बिगत केही दिनदेखी मेरो र गायिका समिक्षा अधिकारीको बिषयमा आइरहेका समाचारबाट म लगायत मेरो परिवार अनि मलाई माया गर्नुहुने सिङ्गो दर्शक दिर्घ नै दुखी बनेको महशुस हामीले गरेका छौं । जुनसुकै क्षेत्रमा काम गर्दा पनि केही व्यक्ती समुह कहि न कहि कुनै न कुनै प्रकारले नजिक हुने गर्छ यो हामी सबैलाई थाहा भएकै कुरा हो । मेरो पेशा र बिधाका कारण म धेरै मान्छेहरुसँग सहकार्य गर्नुपर्ने हुन्छ र म सँग जोडिनु हुने मेरा अग्रज, अनुज र सहकर्मीहरुमाझ मैंले सदैब आफुलाई सहज र सहयोगी तवरले प्रस्तुत गरिरहेको हुन्छु ।

अरु कलाकारहरुसँग जस्तै र अरुले जस्तै साङ्गितिक सहकार्य गायिका समिक्षा अधिकारीसँग पनि भएको कुरा यहाहरुलाई विदितै छ । हुँदै नभएका, गर्दै नगरिएका, बिना आधारका कुराहरुलाई गसिप बनाएर एउटा कालाकार र उसको व्यत्तिगत जीवन माथी आँच आउने किसिमले लेखिएका झुठा समाचारहरुले मलाई अत्यन्तै दुःखी बनाएको छ । यसरी कसैको व्यत्तिगत प्रतिष्ठा र चरित्र हत्या हुने गरि बदनाम गर्ने गरि समाचार नबनाई दिनुहुन सम्पूर्ण मिडियाकर्मी ज्युहरुलाई हार्दिक अनुरोध गर्दछु ।

मैंले सधै दर्शक श्रोता मेरो घर अनि मिडियालाई आफ्नो परिवार मानेको छु र सदैव मानिरहने छु । यहि घर परिवारको माया, आशीर्वाद र शुभेच्छाको कारणले गर्दा नै म यहाँसम्म आइपुगेको छु । मैंले जानेर नजानेर कसैको चित्त दुखाएको छु भने म यसै पोष्ट मार्फत हार्दिक माफी माग्दछु।

गायिका समिक्षा अधिकारी र मेरो बिचमा भएको मित्रता र सहकार्यलाई अन्य अन्य तथानम शिर्षक दिएर सिङ्गो पत्रकारितालाई पनि बदनाम गर्ने र हाम्रो चरित्र हत्या हुने कार्य नगरिदिनुहोला ।”

प्रतिकृया दिनुहोस्