काठमाडौ । महाकाली नदीमा डुङ्गा पल्टिँदा एकको मृत्यु भएको छ भने एक जना बेपत्ता रहेका छन्। शिवनाथ गाउँपालिका–१ की १३ वर्षीया मीना साउदको मृत्यु भएको प्रहरीले जनाएको छ।
यस्तै शिवनाथ–१ कै ८ वर्षीय सन्दीप साउद बेपत्ता रहेका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए। महाकाली नदीस्थित शिवनाथ–१ खाँडघाटमा बुधबार साँझ १० जना सवार डुङ्गा पल्टिएको थियो।
दुर्घटनामा परी मीना र सन्दीप बेपत्ता रहेकामा मीनाको शव विहिवार बिहान ७ः३० बजे महाकाली नदी किनारमा फेला परेको प्रहरीले जनाएको छ। बेपत्ता सन्दीपको खोजीकार्य भइरहेको छ।
खोजीका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ। डुङ्गामा सवार अन्य आठ जना सकुशल रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
शिवनाथ र पञ्चेश्वर गाउँपालिका भारतसँग जोडिएका तथा भारततर्फ आवतजावत गर्दा पुल नहुँदा महाकाली नदीमा डुङ्गाको सहायताले जाने गर्दछन्।
दुर्घटनाको कारण खुल्न नसकेको र घटनाको अनुसन्धान भइरहेको जनाइएको छ।काठमाडौ । सहरी विकास मन्त्री रामकुमारी झाँक्री अचानक अस्वस्थ भई अस्पताल भर्ना भएकी छन्। उनलाई अचानक उच्च ज्वरो आएपछि भर्ना गरिएको हो ।
मौसमी ज्वरोका कारण मन्त्री झाँक्री वीर अस्पताल भर्ना भएको पारिवारिक स्रोतले जनाएको छ । बुधबार राती झाँक्री अस्पताल भर्ना भएको उनको पारिवारिक स्रोतले जानकारी दियो। स्रोतका अनुसार दौडधुप धेरै भएको र आरामसमेत गर्नु परेकाले उनी अस्पताल भर्ना भएकी हुन्।
मन्त्री झाँक्रीलाई ज्वरो र निमोनियाको सामान्य लक्षण देखिएपछि बुधबार बेलुका वीर अस्पतालमा भर्ना गरिएको उनको सचिवालयले जनाएको छ ।
मन्त्री झाँक्रीको स्वास्थ्य परीक्षण भइरहेको र रिपोर्टहरू आउन बाँकी रहेकाले सम्पूर्ण भेटघाट समेत बन्द गरिएको उनका सहयोगी युवराज गिरीले रातोपाटीलाई जानकारी दिए ।
प्रतिकृया दिनुहोस्