Sunday, June 26

पोखरामा स्कुल बसबाट खसेर ८ वर्षीय विद्यार्थी मृत्यु

October 28, 2021 152

पोखरामा स्कुल बसबाट ख’से’र एक विद्यार्थीको मृत्यु भएको छ । पोखराको हेमजास्थित ज्ञानसागर एकेडेमी स्कूल बसबाट ख’से’र ग’म्भिर घाइते भएका विद्यार्थीको उपचारका क्रममा मृत्यु भएको हो ।

ज्ञानसागर एकेडेमी स्कूलको ना १ क २३७३ नम्बरको बसको ढोकाबाट ख’से’र गम्भिर घाइते भएका युकेजीमा अध्ययनरत ८ वर्षीय विद्यार्थी रोमन तामाङको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय कास्कीका डिएसपी एवं प्रवक्ता सुवास हमालले जानकारी दिए ।

उनका अनुसार दुर्घटनामा परी टाउको र शरीरका विभिन्न भागमा चो’ट ला’गेका तामाङको उपचार क्रममा मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको हो । प्रहरीले धादिङ गंगाजमुना गाउँपालिका–६ घर भएका ४७ वर्षीय बस चालक सानो कान्छा थापालाई पक्राउ गरेको छ । चालकलाई सवारी ज्यान मुद्दामा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको डिएसपी हमालले बताए ।देउमाई नगरपालिकामा एक व्यक्तिले आफ्नै पत्नी र छोरीको टो’ ‘केर ह’ ‘त्या गरेका छन्। देउमाई–५ बारुङका ३३ वर्षीय कमल भनिने पूर्णचन्द्र तामाङले पत्नी ३४ वर्षीया सीता र छोरी १६ वर्षीया शिक्षाको ह’ ‘त्या गरेको प्रहरीले जनाएको छ। आफू धामी भएको भन्दै चिन्ता बस्ने क्रममा कमलले पत्नी र छोरीको टो’ ‘केर ह’ ‘त्या गरेको जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख एसपी महेन्द्रकुमार श्रेष्ठले बताए।

‘रोग निको पार्ने भन्दै पहिला श्रीमतीलाई ज’थाभा’वी टो’के’पछि मृत्यु भएको देखिन्छ’ श्रेष्ठले भने ‘पछि छोरीलाई समेत गरेपछि उनको पनि मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट देखिन्छ।’ छोरी र श्रीमतीको ह’ ‘त्याको बारेमा गाउँलेले थाहा पाएपछि कमललाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको एसपी श्रेष्ठले जानकारी दिए।

आफूलाई देउता आएको भन्दै एक हप्तादेखि अस्वभाविक कृयाकलाप गरिरहेका तामाङले परिवारका अन्य सदस्यलाई पनि आ’क्र’म’ण गर्न खोजेका थिए। तर उनको परिवारका ६३ वर्षीय बाबु लाल बहादुर तामाङ, आमा भीममाया तामाङ जेठि दिदी शान्ता तामाङ, माइली दिदी आशा तामाङ र तामाङका दुई छोरीले भा’गे’र ज्या’न ब’चाएको छिमेकी शिव कार्कीले बताए।

‘बिहान चार बजे तिर हामी पुग्दा घरभित्र श्रीमती, छोरी र कुकुरको शव थियो।’ छिमेकी कार्कीले भने ‘त्यसपछि हामीले प्रहरीलाई खबर गरेका हौं।’ केही समयदेखि कमलले बाबुलाई समेत छोरो नभनी गुरु सम्बोधन गर्न भन्ने गरेको कार्कीले बताए। तामाङकी जेठी दिदी शान्ता केहिदिन अघि माइत आएकी थिइन् भने माईली आशा सोमबार मात्रै माइत आएकी थिइन्। उनीहरु भा’गेर फुपुको घरमा लुकेर ज्या’न ब’चाएको बताएको छिमेकी कार्कीले जानकारी दिए।

स्थानीयका अनुसार मृतकको जि’उ’मा टो’के’का दा’गहरु रहेका छन्। कार्कीले भने ‘का’टे’को जस्तो कतै देखिदैन, टो’के’रै मा’रेको जस्तो देखिन्छ।’तामाङलाई इलाका प्रहरी कार्यालय मंगलबारेमा राखेर अनुसन्धान अघि बढाइएको छ। प्रहरीले थप अनुसन्धान जारी रहेको जनाएको छ। तामाङका माईली छोरी दिवाना ८ बर्षकी छन् भने कान्छी छोरी दिप्निा साढे ३ बर्षकी छन्।

प्रतिकृया दिनुहोस्