Sunday, June 26

वरिष्ठ मुटुरोग विशेषज्ञ डा उदय कुमार श्रेष्ठको निधन

November 1, 2021 560

नेपालगन्जः वरिष्ठ मुटुरोग विशेषज्ञ डा उदय कुमार श्रेष्ठको निधन भएको छ। डा श्रेष्ठ लामो समयदेखि क्यान्सरसँग जुधिरहनुभएको छ । उहाँ अल्का अस्पतालमा कार्यरत रहनुभएको छ ।

उपचारमा क्रममा नर्भिक अस्पतालमा गत शुक्रबार निधन भएको नेपाल चिकित्सक संघले जनाएको छ।

संघका महासचिव डा वद्री रिजालले विज्ञप्ति निकाल्दै डा।श्रेष्ठले स्वास्थ्य क्षेत्रमा पुर्याएको अतुलनीय योगदान सधै स्मरणयोग्य हुने बताउनुभएको छ ।

‘इमान्दार, लगनशील र प्रतिष्ठित मुटुरोग विशेषज्ञ गुमाउन पुगेकोमा संघ अत्यन्तै मर्माहित भएका छ,’ संघको विज्ञप्तिमा भनिएको छ ‘दिवंगत आत्माको चीरशान्तीको कामना गर्दै शोकसन्तप्त परिवारप्रति संघ हार्दिक समवेदना प्रकट गर्दछ।’एजेन्सी । आफ्ना प्रिय साथी शिद्धार्थ शुक्लालाई गुमाउनुपर्दा नायीका तथा मोडल शहनाज गिल निकै दुखी छन् । उनीहरुको मित्रता बिग बोस सिजन १३ मा भएको थियो । तर अचानक शिद्धार्थ शुक्लाको असामयिक निधनपछि उनलाई समर्पित गर्दै ुतु यहीँ हैु बोलको गीतको भिडिओ सार्वजनिक गरेकी छन्। राज रन्जोधको शब्द तथा संगीतमा बनेको यो गीतको भिडिओ निर्देशन बल देवले गरेका हुन्।

गत सेप्टेम्बरमा हृदयघातबाट सिद्धार्थको निधन भएको थियो। रियालिटी सो ‘बिग बोस सिजन १३’ का विजेता सिद्धार्थ र शहनाज गिल सोमा सँगै सहभागी भएका थिए।

शुक्रबार सार्वजनिक गीतमा बिग बोसमा शहनाजले सिद्धार्थसँग बिताएका क्षणहरुको फुटेजसमेत प्रयोग गरिएको छ। बिग बोसमा यी दुईबीचको केमेस्ट्रीलाई दर्शकले निकै रुचाएका थिए। यो गीतले पनि दर्शकबाट धेरै माया पाइरहेको छ।

प्रेम सम्बन्धमा रहेको यो जोडीले बिहे गर्ने तयारी गरिरहेको खबरसमेत प्रकाशित भएका थिए। प्रेमीको मृत्युपछि आहत भएकी शहनाजले सिद्धार्थलाई सम्झेर तयार पारेको यो भावनात्मक गीत हो। गीतले यो जोडिका प्रशंसकहरुलाई समेत भावुक बनाएको भन्दै भिडि‌योमा प्रतिक्रिया दिएका छन्।

भिडिओ सार्वजनिक भएको केही घन्टामै म्युजिक भिडिओले लाखौंको ध्यान खिच्न सफल रह्यो। गीत छोटो समयमै युट्युब ट्रेन्डि‌ङको शीर्षस्थानमा पुगेको हो।
गीत शहनाजले आफ्नो युट्युब च्यानलबाट सार्वजनिक गरेकी हुन्

प्रतिकृया दिनुहोस्