कोरोनाका कारण भारतीय कलाकार बिक्रमजीतको निधन

May 2, 2021 41

मुम्बई–बलिउड अभिनेता विक्रमजीत कंवरपालको कोरोना संक्रमणका कारण निधन भएको छ । उनी ५२ वर्षका थिए ।अमर उजालामा प्रकाशित समाचारअनुसार फिल्म निर्माता अशोक पण्डितले अभिनेताको निधनमा शोक व्यक्त गरेका छन् ।

‘आज बिहान कोभिडका कारण अभिनेता मेजर विक्रमजीत कंवरपालको निधनका बारेमा सुनेर दुःख लागेको छ । उनी एक सेवानिवृत्त सेना अधिकारी थिए जसले कैयौं फिल्महरु र टेलिभिजन सिरियलमा सहायक भूमिका निभाएका थिए । उनको परिवार तथा आफन्तप्रति हार्दिक समवेदना’, उनले ट्वीट गरेका छन् ।

भारतीय सेनाबाट सेवानिवृत्त भएपछि विक्रमजीतले सन् २००३ मा आफ्नो अभिनय करियर सुरुवात गरेका थिए ।

प्रतिकृया दिनुहोस्