Wednesday, June 29

घरमा झैझगडा भई रहन्छ ? यस्तो बास्तो दोस हुन सक्छ । यसरी हटाउन सकिन्छ

November 1, 2021 403

ज्योतिषमा वास्तुको विशेष महत्व हुने गर्दछ। वास्तुको उपायबाट नीजि जीवन र प्रोफेशनल लाइफमा परिवारका हरेक समया हटाउन सकिन्छ। आज हामी तपाईलाई केही यस्ता टिप्सका बारेमा जानकारी दिदैछौँ, जुन उपायबाट हरेक किसिमका समस्याबाट छुट्कारा पाउन सकिन्छ।

१) वास्तु शास्त्रका ईशान कोणको विशेष महत्व हुने गर्दछ, यस दिशालाई निकै शुभ मानिने गरिन्छ। घरको ईशान भाग उठेको हुन भएन। घरको यस्तो क्षेत्रमा यो दोष हुँदा पिता पुत्रबीच दूरी बढ्ने गर्दछ।

२) घरको उत्तर पूर्व कोणमा स्टोर रुम नबनाउनुहोस्। यसो गर्दा घर परिवारका सदस्यबीच झगडा हुने गर्दछ।

३) वास्तुशास्त्र अनुसार उत्तर पूर्वी दिशामा भान्सा वा शौचालय हुँदा परिवारका सदस्यबीच मनमुटाव बढ्ने गर्दछ। यस समस्याबाट छुटकारा पाउनका लागि घरको उत्तर पूर्वी दिशामा भान्सा र शौचालय नबनाउनु हुँदैन्।

४) ईशान कोणमा बिजुलीका उपकरण राख्दा पिता र पुत्रबीच मनमुटाव हुने गर्दछ। घरको उत्तर पूर्वी दिशामा यस्ता चीज राख्नु हुँदैन्।

५) वास्तुशास्त्रका अनुसार घरको उत्तर पूर्वी दिशामा फोहोर नराख्नुहोस्। यसो गर्दा परिवारका सदस्यबीच मनमुटाव बढ्ने गर्दछकात्तिक । १४ दिनदेखि अज्ञात रहेका अछामका एक पुरुषको शव भेटिएको छ । कमलबजार नगरपालिका-५ कुईका ३४ वर्षीय रेशमराज तिमिल्सैनाको शव साेमबार भेटिएको हो । १४ दिनसम्म नेपाल प्रहरीको सबै संयन्त्र लगाएर खोजी कार्य गरिए पनि तिमिल्सैनाको अवस्था अज्ञात थियो ।

गएको २ कात्तिकमा गैरिटाँडबाट बेपत्ता भएको भनिएका तिमिल्सैनाको शव १४ दिनपछि गैरिटाँड बजार नजिकैको बाँसको झाडीमा भेटिएको हो । अहिले अछाम जिल्लाका प्रहरी प्रमुख तुल्सीराम अर्यालसहितको टोली गैरिटाँड पुगेको छ । तिमिल्सैनाका आफन्तसँग प्रहरीको छलफल भइरहेको छ ।

तिमिल्सैनाका आफन्तले गैरिटाँड बजार बन्द गरेका छन् । आफन्त र स्थानीय मिलेर सडकमा चक्का जाम गरिएकाे छ । रहस्यमय तरिकाले घटना भएको भन्दै उनीहरू आक्रोशित भएका छन्। शव फेला परेको स्थानमा प्रहरीले कसैलाई जान दिएको छैन ।

काठमाडाैंबाट समेत अनुसन्धानको टिम अछाम आएर खोजीकार्य भए पनि १३ दिनसम्म तिमिल्सैनाको अवस्था पत्ता लागेको थिएन । तिमिल्सैना बसेकै ठाउँ नजिकै उनकाे शव फेला पर्नुले घटना रहस्यमय भएको परिवारको आरोप छ । ३१ असोजमा मंगलसेनबाट घर फर्किने क्रममा गैरिटाँडकै एक होटलमा बसेका तिमिल्सैना बेपत्ता भएकाे बताइएकाे थियाे । उनी कांग्रेसका क्षेत्रीय प्रतिनिधिसमेत हुन् ।

प्रतिकृया दिनुहोस्