Wednesday, June 23

कस्तो बिडम्बना ! कोरोनामुक्त भएको २४ घण्टा नपुग्दै ४४ वर्षीय यी युवकले गुमाए आफ्नो ज्यान

May 24, 2021 171

धनगढी । धनगढी बेलीका अहेव योगीको कोरोनामुक्त पछि मृत्यु भएको छ । कैलालीको धनगढी उपमहानगरपालिका–७ बेलीका ४४ वर्षीय भरतनाथ योगीलाई ३१ बैशाखमा कोभिड–१९ देखीएको थियो । धनगढीको एक निजी मेडिकलमा अक्सिजन लेभल चेक गर्दा ६७ देखाएपछि उनी सेती प्रादेशिक अस्पतालमा भर्ना भएका थिए ।

डेढ हप्तासम्म कोभिड–१९ विरुद्ध लडेपछि शनिबार बिहान भरतको पीसीआर रिपोर्ट नेगेटिभ आएको थियो । तर, रिपोर्ट नोगेटिभ आएको २४ घण्टा नपुग्दै उनको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा ज्यान गएको छ ।

शनिबार राति १२ बजे उनको मृत्यु भएको हो । भरत मेडिकलका सञ्चालकसमेत थिए । धनगढी उपमहानगरपालिका–७ मा उनको मेडिकल छ । उनलाई कडा खालको निमोनियाले आक्रमण गरिसकेको हुँदा कोभिड रिपोर्ट नेगेटिभ आए पनि मृत्यु भएको उपचारमा संलग्न डाक्टरको भनाई छ ।

अर्कोतर्फ मृतकका भाई लोकनाथ योगीले भने रिपोर्ट नेगेटिभ आएपछि स्वास्थ्य अवस्थामा सुधार आइसक्दा पनि मृत्यु भएको बताए । ‘दिउसो रिपोर्ट नेगेटिभ आएपछि स्वास्थ्य अवस्थामा सुधार आएको भन्दै दाईलाई आइसियूबाट जनरल वार्डमा सारिएको थियो,’ लोकनाथले भने, ‘साँझ फेरि स्वास्थ्य अवस्था बिग्रिएको र राति नै मृत्यु भएको रहेछ । ’लोकनाथका अनुसार रिपोर्ट नेगेटिभ आएपछि भरतले झण्डै एक घण्टासम्म परिवारका सदस्य र आफन्तसँग पनि कुराकानी गरेका थिए ।

प्रतिकृया दिनुहोस्