भिटेन नामबाट परिचित गायक समीर घिसिङको पछिल्लो र्याप गीत ‘गल्ली सडक’ चर्चामा रहन सफल भएको छ । गीतमा सत्ता विरुद्धको आ’क्रोश समेटिएको छ । अ’श्लि’ल गीतका कारणले पटक पटक पक्राउ पर्दै सच्चिने सर्तमा छुट्दै आएका भिटेनको गीतका शैली पहिलेझै छन् । फरक उनको प्र’हार मात्र हो । उनले अहिलेको ‘गल्ली सडक’ प्रहरी प्रति समेत लक्षित छ । प्रहरीबाट भोगेको अनुभव भिटेनले गीतमा समेटेको जो कोहीले पनि सजिलै अनुमान लगाउन सक्छन् ।
गीतमा उनले अ’पराधी सरकारले पालेको र बि’ग्रिसकेको समाजको दोस आफूलाई लगाएको आरोप समेत लगाएका छन् । गत ३० अक्टोबर अर्थात ९ दिन अगाडि युट्युवमा सार्वजनिक यो गीत केही दिनदेखि लगातार युट्युवको ट्रेन्डिङमा रहन सफल छ । अहिलेसम्म २२ लाख बढी दर्शक पाएको गीतले २ लाख भन्दा बढी लाइक र करिब ४ हजार डिसलाइक पाएको छ । गीतमा शब्द, संगीत र स्वर समेत भिटेनकै रहेको छ । भिडियोयमराजको नजर नपरोस् भन्ने शुभकामनासहित दिदीबहिनीहरुले कात्तिक २० गते बिहान ११:०२ बजेको साइतमा भाइटीका लगाइदिए । चेली–माइतीको भेटघाट, खुशीयाली र एकापसमा हार्दिकता साटासाट गर्दै छुट्टिएका तिनै माइती सोही रात यमराजको नजरमा पर्दा कसको मन नदुख्ला र ?
भाइटीकाकै दिन तीन जनाको ज्यान जानेगरी मकवानपुरमा दुईवटा घटना भएका छन् । भाइटीकाको रात हेटौँडा उपमहानगरपालिका १९, नेवारपानीस्थित सडक किनारमा द्यौसी–भैलोसहित सांस्कृतिक कार्यक्रममा सरिक दुईजना युवाको सवारी दुर्घटनाबाट ज्यान गएको छ भने अर्का २८ वर्षका युवा मनहरी गाउँपालिका ६ मा सोही रात हात्तीको आ’क्र’म’णबाट मा’रि’एका छन् ।
गौरबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख ०९३६ नम्बरको रात्री बसले हेटौँडा १९, नेवारपानीमा विपरित लेनमा पुगेर सांस्कृतिक कार्यक्रममा रमाइरहेको समूहलाई कु’ल्चे’को हो । सो क्रममा हेटौंडा १९, नेवारपानी निवासी २० वर्षका सुरज विष्ट र चितवन पिप्लेका ३४ वर्षका प्रेमबहादुर ठकुरीको घटनास्थलमै मृत्यु भयो । अन्य ८ जना घाइते हेटौँडा र चितवनका अस्पतालमा उपचार गरी घर फर्केको प्रहरीले जनाएको छ ।
घटनापछि आ’क्रो’शित स्थानीयले बसमा आ’ग’ज’नी गरेका थिए भने सावधानीपूर्वक बसका चालक रौतहट जिल्ला चन्द्रपुर ५ का अमितकुमार कार्कीलाई नियन्त्रणमा लिइएको छ । चालक कार्कीले मा’द’क प’दा’र्थ से’व’न गरी अनियन्त्रित ढंगले बस चलाएको स्थानीयको आरोप छ । तर स्वास्थ्य जाँच गर्दा मा’द’क प’दा’र्थ से’व’न ग’रे’को नपाइएको प्रहरीले बताएको छ ।
यो पनि ,भाइटीकाका दिन पनि वाग्मती सफाइ तिहारको अन्तिम दिन सबैजना भाइटीकाको तयारी गरिरहेका बेला वाग्मती सफाइ अभियानकर्मी भने गुह्येश्वरी मन्दिर अगाडिको नदी किनारमा जम्मा भएर सफा गरेका छन् ।
विसं २०७० जेठ ५ गते शुरु भएको वाग्मती सफाइ महाअभियान चाडपर्व, जाडो, गर्मी, प्राकृतिक प्रकोपजस्ता प्रतिकुल अवस्थामा पनि जारी छ । गुह्येश्वरी मन्दिर अगाडिको नदी किनारमा छठ पर्व मनाउन बाँस गाडेर छठ घाटलगायत संरचना निर्माण भइरहेको छ । त्यस क्षेत्रमा सफाइ महाअभियानले ४४३औँ हप्ताको सफाइ गरेको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सदस्य डा माला खरेलले राससलाई जानकारी दिनुभयो ।
सफाइबाट जम्मा गरिएको फोहर अधिकार सम्पन्न वाग्मतीको कार्यालय आगाडि थुपारिएको छ । काठमाडौँ महानगरपालिकाले फोहर व्यवस्थापन गर्ने जनाइएको छ । आज तिहारको भाइटीका परे पनि सफाइमा १०० जनाभन्दा बढी अभियानकर्मीको सक्रियता थियो । सफाइमा पूर्व मुख्यसचिव लीलामणि पौडेल, अधिकार सम्पन्न वाग्मती समितिका अध्यक्ष उद्धवप्रसाद तिमल्सिना, समितिका कर्मचारी, अभियानकर्मीलगायतको उपस्थिति थियो ।
महाअभियान शुरु भएपछि काठमाडौँ उपत्यकामा वाग्मतीका सहायक नदी सफाइ अभियान पनि शुरु भएको छ । चक्रपथका विभिन्न खण्डसमेत गरी हाल काठमाडौँ उपत्यकामा २५ सथनमा सफाइ भइरहेको छ । सांस्कृतिक सम्पदामा पनि वाग्मतीकै प्रभावले सफाइ भइरहेको छ । हाल उपत्यकाको गुह्येश्वरीमाथिको वाग्मती, रुद्रमती, विष्णुमतीको तल्लो र माथिल्लो भाग, मनोहरा, ललितपुरको गोदावरी खोलालगायत स्थानमा सफाइ भइरहेको छ ।
यसैगरी उपत्यकाबाहिरका मुख्य शहर, नदी र सांस्कृतिक सम्पदा स्थलमा पनि सफाइ भइरहेको छ । काठमाडौँ उपत्यकाबाहिर हाल १०८ स्थानमा सफाइ भइरहेको छ । सफाइ महाअभियानले देशव्यापी रुपमा जागरण ल्याए पनि स्थानीय सरकारले सहयोग नगरेको अभियानकर्मीको गुनासो छ ।
प्रतिकृया दिनुहोस्