Wednesday, June 29

एमाले लुम्बिनीका नेता थापालाई पुत्रीशोक, श्रीमती गुमाएको केहि दिनमै छोरीको पनि मृत्यु

November 8, 2021 124

काठमाडौं । नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीका सदस्य कुमार थापा मगरलाई पुत्रीशोक परेको छ। उनकी छोरी २७ वर्षीया कृति थापा राजभण्डारीको शनिबार उपचारकै क्रममा नर्भिक हस्पिटलमा मृत्यु भएको पारिवारिक श्रोतले जनाएको छ।

गर्भवती अवस्थामा रहेकी उनीमा संक्रमण र मुटुको समस्या पनि थियो । विवाह भएको करिब एक वर्षको समयमा नै उनको मृत्यु भयो । नेपाल राष्ट्र बैक कार्यरत उनी म्यूजिक भिडियो टेलिफिल्म तथा चलचित्रहरुमा अभिनय पनि गरिसकेकी थिइन्।

थापाको श्रीमतीको पनि १५ दिनअगाडि मृत्यु भइसकेको छ। श्रीमतीको मृत्यु भएको केहिदिनमै उनीमाथि अर्को बज्रपात परेको छ । गर्भवती अवस्थामा रहेकी उनीमा कोरोना संक्रमण र मुटुको समस्या पनि थियो । विवाह भएको करिब एक वर्षको समयमा नै उनको मृत्यु भयो । नेपाल राष्ट्र बैक कार्यरत उनी म्यूजिक भिडियो टेलिफिल्म तथा चलचित्रहरुमा अभिनय पनि गरिसकेकी थिइन्।

हाल परराष्ट्र मन्त्रालयमा अधिकृतको रुपमा कार्यरत रवीन्द्र राजभण्डारीसँग कृतिको ११ महिना अघि मात्रै विवाह भएको थियो । रवीन्द्र यसै साता ब्राजिल जाने तयारीमा थिए। आठ महिनाकी गर्भवती कृतिलाई चिकित्सकले मंसिरमा डेलिभरीको मिति दिएका थिए। खोकी बढ्दै गएपछि उनी काठमाडौंको नर्भिक अस्पतालमा भर्ना भएकी थिइन्।

कोरोना पोजेटिभ देखिनुका साथै मुटुमा पनि समस्या भएपछि कात्तिक ८ गते कृतिलाई टिचिङ अस्पताल लगेर अप्रेसन गरेर बच्चा निकालिएको थियो। बच्चा निकालेपछि भेन्टीलेटरमा रहेकी उनको एक हप्तामा मृत्यु भएको हो।

कृतिको १२ वर्षपहिले मुटुको अप्रेसन गरि भल्ब फेरिएको थियो। मुटुका चार भल्बमध्ये उनका तीनवटा भल्ब कृत्रिम थिए। त्यस मध्ये अहिले एउटा भल्बमा समस्या आएको परिवारिक श्रोतले जनाएको छ।

प्रतिकृया दिनुहोस्