Sunday, June 26

आजै रातिबाट लागउनु हुने गरि इन्धन र ग्याँस सिलिन्डरको मूल्य ह्वातै बढ्यो, यस्तो छ पेट्रोल, डिजेल ग्याँसको नयाँ मुल्य सुची

November 11, 2021 150

काठमाडौं । काठमाडौं । पेट्रोलियम पदार्थको मुल्य बढेको १२ दिनपछि पुन मुल्य बढेको छ । नेपाल आयल निगमको बुधबार बसेको सञ्चालक समितिको बैठकले बुधबार राती १२ बजेदेखि लागू हुनेगरी पेट्रोल र डिजेल तथा मट्टितेल आन्तरिक तथा बाह्य हवाई इन्धन, अन्तराष्ट्रिय हवाई इन्धन र एलपी ग्यासको मुल्य एकैपटक बढाएको हो ।

निगम सञ्चालक समितिले बुधबार रातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मटिट्तेलको मुल्य प्रतिलिटर ३ रुपैयाँ बढाएको छ । अब पेट्रोलको मूल्य लिटरको १३६ रुपैयाँ पुगेको छ भने डिजेल र मटिट्तेलको मूल्य प्रतिलिटर ११९ रुपैयाँ पर्छ । हवाई इन्धनको पनि मूल्य प्रतिलिटर ५ रुपैयाँ बढेको छ । अब आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर १०१ र अन्तराष्ट्रिय हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर ८९५ अमेरिकी डलर पुगेको छ ।

यस्तै खाना पकाउने एलपी ग्यासको मूल्य पनि प्रतिलिण्डिर ७५ रुपैयाँ बढेको छ । यससँगै एक सिलिण्डरका लागि अब उपभोत्ताले १५७५ रुपैयाँ तिर्नुपर्ने भएको छ ।
यो मूल्य समाजयोजनपछि पनि पेट्रोल, डिजेल र एलपी ग्यासमा घाटा रहेको निगमको दाबी छ ।लुम्बिनी र कर्णाली प्रदेशमा तिहारलगत्तै ठूला दुर्घटना भए । यी दुई प्रदेशमा ७० वटा दुर्घटना हुँदा ३० जनाको ज्यान गएको छ । कर्णाली प्रदेशमा २२ जनाको मृत्यु भएको छ भने लुम्बिनी प्रदेशमा आठ जनाको मुत्यु भएको छ । १५ देखि २१ कात्तिकसम्म भएका सवारी दुर्घटनामा परी ३० जनाले ज्यान गुमाएका हुन् ।

लुम्बिनी प्रदेशको तुलनामा कर्णाली प्रदेशमा सवारी दुर्घटना कम भए पनि मानवीय क्षति बढी भएको छ । कर्णाली प्रदेशमा तिहारको अवधिमा २६ वटा सवारी दुर्घटनामा २२ जनाको मृत्यु भएको कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । कार्यालयको तथ्यांकअनुसार कर्णाली प्रदेशको सबैभन्दा बढी सल्यानमा मानवीय क्षति भएको छ ।

सल्यानमा तिहारको समयमा १३ जनाको सवारी दुर्घटनामा मृत्यु भएको छ । एक साताको अवधिमा सल्यानमा तीन वटा सवारी दुर्घटनामा १३ जनाको मृत्यु भएको छ । सल्यानमा दुर्घटना हुने सवारीको संख्या कम भए पनि मानवीय क्षति बढी भएको हो ।

तिहारको समयमा कर्णाली प्रदेशको सल्यानपछि जाजरकोटमा सवारी दुर्घटनामा बढी मानवीय क्षति भएको छ । जाजरकोटमा एक साताको अवधिमा दुईवटा सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

यस्तै, सुर्खेतमा १६ वटा सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । एक साताको अवधिमा सुर्खेतमा साना-ठूला १६ वटा सवारी साधन दुर्घटनामा परेको प्रहरीले जनाएको छ । सुर्खेतमा तिहारको अवधिमा सवारी दुर्घटनामा ३६ जना घाइते भएका छन् ।

यस्तै, सल्यानमा २९, जाजरकोटमा नौ जना घाइते भएका छन् । मुगुमा तीनवटा सवारी दुर्घटनामा पाँच, दैलेख र रुकुम पश्चिममा एक-एकवटा सवारी दुर्घटनामा एक-एक जना घाइते भएका छन् ।

यस्तै, लुम्बिनी प्रदेशका अर्घाखाँची र पाल्पाबाहेक सबै जिल्लामा सवारी दुर्घटना भएका छन् । प्रदेशको राजधानी दाङसहित बाँके, बर्दिया, गुल्मी, रोल्पा, पश्चिम नवलपरासी, प्युठान, पूर्वी रुकुम, कपिलवस्तु र रूपन्देहीमा भएका सवारी दुर्घटनामा १२ जनाको मृत्यु भएको छ ।

लुम्बिनी प्रदेशका रूपन्देही र दाङमा मानवीय क्षति बढी भएको छ । रूपन्देहीमा तिहारको अवधिमा पाँचवटा सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ भने दाङमा पाँचवटा सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

यस्तै, बर्दियामा पनि पाँचवटा सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । कपिलवस्तुमा पाँचवटा सवारी दुर्घटनामा एक, नवलपरासी पश्चिममा नौवटा सवारी दुर्घटनामा एक, कपिलवस्तुमा पाँचवटा सवारी दुर्घटनामा एक र गुल्मीमा चारवटा सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

लुम्बिनी प्रदेशमा सात दिनको अवधिमा ४४ वटा सवारी दुर्घटनामा परेका छन् । प्रदेशका दाङसहित १० वटा जिल्लामा भएका सवारी दुर्घटनामा ३७ जना गम्भीर घाइते भएका छन् भने २३ जना सामान्य घाइते छन् ।

साँघुरो सडक, सवारीको चाप, चालकको लापरबाही, पुराना सवारी साधनलगायतका कारण सवारी दुर्घटना बढी भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसपी योगेन्द्रसिंह थापाले बताए । ‘चाडपर्वको समयमा यात्रुको चाप बढी हुने र तीब्र गतिमा सवारी चलाउँदा बढी दुर्घटना हुने गरेका छन्’, उनले भने, ‘सडक र सवारी साधनको कारण यात्रा बढी असुरक्षित हुने गरेको छ ।’

प्रतिकृया दिनुहोस्