एजेन्सी । विश्वमा अनौठा जिव र वनस्पती हुन्छन् । त्यस्तै एक अति दुर्लभ बोटबिरुवामा पर्ने ‘एर्मोफोपलाउस टिटानम’ फूल विश्वकै गन्हाउने फूलमा पर्छ । यो फुलेको दृश्य हेर्ने टिकट बिक्री सकिएको क्यालिफोर्नियाको बोटानिकल गार्डेनले जनाएको छ ।
यो फुलबाट आउने गन्ध कु हि एको मासु जस्तो हुने प्रत्यक्षदर्शीले जनाएका छन् । यो फूल एक पटकमा केबल ४८ घण्टा मात्र फुल्ने गर्छ र अति दुर्लभ बिरुवा भएको कारण यो फूल प्रति धेरैको आकर्षण रहेको छ ।
क्यालिफोर्नियाको स्यानडिएगो बोटानिकल गार्डेनमा रहेको यो बिरुवा फुलेको र यसको गन्ध सुध्नेहरूको सङ्ख्या धेरै रहेको छ । रोपेको दसकौँ पछि बल्ल फुल्ने यो फूल यो वर्ष फुलेको हेर्न ५ हजार टिकट बोटानिकल गार्डेनले बिक्रीमा राखेको थियो ।
यो फूलबाट आउने गन्धले अन्य किरा फट्यांग्राहरुलाई आकर्षित गरेर परागशेचन गर्ने गर्छ । गार्डेनका मेनेजर जोन क्लेमेन्टका अनुसार यो फूलबाट आउने गन्धले गर्दा यो बिरुवालाई तत्काल का टे र फालौँ जस्तो हुने बताए । १२ फिट अग्लो हुने यो फुललाई आईयुसिएनले लोपोन्मुख बिरुवाको सुचीमा राखेको छ । एक तथ्याङ्क अनुसार यो बिरुवा अहिले विश्वमा १ हजारको सङ्ख्यामा मात्र रहेको छ । यो बिरुवा पछिल्लो १ सय ५० वर्षमा ५० प्रतिशतले घटेको जनाएको छ ।काठमाडौ । छठ पर्व मनाउन मामा घरमा आएका दुई जना युवालाई खोलाले बगाएको छ । जसमध्य एक जनाको मृत्यु भएको छ भने अर्का फेला परेका छैनन् । यो घटना मोरङमा भएको हो । रंगेली नगरपालिका९७ बक्राह खोलामा नुहाउन गएका दुई जना मध्ये एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बुधबार दिउँसो साढे १२ बजे भारत मध्यापुरा सिंहेश्वरथान घर भई रंगेली नगरपालिका ६ भन्सार टोलका सुरेश साहको घरमा पाहुना आएका २१ वर्षीय बिटुकुमार साह र १८ वर्षीय राजा साहलाई बक्राह खोलाले बगाएको हो । उनीहरु खोलामा नुहाउन पसेका थिए ।
प्रहरी र स्थानीयले बिटुकुमारलाई उद्धार गरी उपचारका लागि रंगेली अस्पताल लगेका थिए । अस्पतालमा पुर्याउनासाथ चिकित्सकले उनलाई मृ त घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी जनार्दन जिसीले बताए । बेपत्ता अर्का युवाको खोजी जारी रहेको प्रहरीले जनाएको छ । उनीहरू दाजुभाइ रहेको प्रहरीले जनाएको छ । फाइल तस्बिर
प्रतिकृया दिनुहोस्