एजेन्सी । एउटा गर्भवती महिला प्रशव पी डामा थिइन् । उनलाई तत्काल अस्पताल लगियो । तर अस्पतालले कोरोना परिक्षण नगरी भर्ना गर्न मिल्दैन भनेर भन्यो । उनी कोरोना परिक्षणका लागि भन्दै प्रशव पी डा मा रहेकी महिला लाइनमा लागिन् ।
तर कोरोना परिक्षणको लागि भन्दै लागेको लाइनमै उनी सन्तान जन्माइन् । सबैका अगाडी उनले बच्चा जन्माउनु परेको छ । घटना भारतको हो । छत्तिसगढको कोरबा जिल्ला अस्पतालमा सरकारी सिस्टमका कारण एक महिलाले यस्तो अमानविय ब्यवहार सहनु परेको हो ।
नकटीखार निवासी २७ वर्षीया गनेशिया वाई मन्झवारलाई सोमबार बिहानै सुत्केरी व्यथा लागेको थियो । पति देवानन्द मन्झवारले जिल्ला अस्पतालस्थित प्रसुती कक्षमा लिएर गएका थिए । त्यहाँ नर्स र कर्मचारीहरुले भर्ना लिनुको साटो पहिला कोरोना परीक्षण गरेर आउन भनेर फर्काए ।
जिल्ला अस्पताल परिसरस्थित कोरोना जाँच केन्द्रमा यी महिलालाई लैजादा बिहान साढे आठ बजेको थियो । कोरोना केन्द्रमा जाँच ९ बजेबाट सुरु हुन्छ । देवानन्दका अनुसार उनकी श्रीमतीलाई कोरोना जाँचका लागि लाइनमा राखियो । यही समय उनी व्यथा बढी भयो । उनी कराउन थालिन् र केही मिनेटमै त्यही सुत्केरी भइन् । त्यसपछि एक ह्विल चेयरमा राखेर उनलाई प्रसूती कक्षमा लगियो ।
यसपछि सुत्केरीको कोरोना जाँच भयो । आमा र शिशु दुबैको रिपोर्ट नेगेटिभ आयो । दुबै स्वस्थ छन् । जिल्ला अस्पतालका सिभिल सर्जन डाक्टर अरुण तिवारीले भने,‘ पहिले पनि एक गर्भवती महिला कोरोना पोजेटिभ देखिएकी थिइन्, त्यसैकारण कोरोनाको जाँच जरुरी थियो ।’ यद्यपी, व्यथा लागेकी महिलालाई भर्ना गर्नुको साटो लाइनमा लगाउने अस्पताल प्रशासनको यस अमानवीय कदमको सर्वत्र निन्दा भएको छ ।
प्रतिकृया दिनुहोस्