Saturday, July 2

स्कुटर र कार दुर्घटनामा बिनोदसहित ५ जनाको मृत्यु, कारको सिसा फुटाएर निकालियो लाश

November 14, 2021 87

ललितपुर, कात्तिक २८ – ललितपुरको ग्वार्को चोकमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। ग्वार्कोबाट इमाडोलतिर जाने बाटोको सानो पुल नजिकै स्कुटर दुर्घटना हुँदा चालक ३७ वर्षीय बिनोद बुढाथोकीको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बुढाथोकीले चलाएको बागमती प्रदेश ०२–०२६ प ८१५५ नम्बरको स्कुटर शनिबार राती पौने १ बजे लडेको अवस्थामा भेटिएको थियो।

स्कुटरसँगै चालक बुढाथोकी गम्भीर घाइते अवस्थामा भेटिएका थिए। उनलाई लगत्तै बी एण्ड बी अस्पताल भर्ना गरिए पनि उपचारकै क्रममा मृत्यु भएको ललितपुर प्रहरीले जनाएको छ।

स्कुटर आफैं दुर्घटनामा परेको हो वा अरू कसैले ठक्कर दिएर दुर्घटना भएको भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कार दुर्घटना हुँदा चारजना भारतीय नागरिकको मृत्यु, भारतीय नम्बरको कार गए राति रौतहटमा दुर्घटना हुँदा चारजनाको ज्यान गएको छ । मृत्यु हुने चारैजना भारतीय नागरिक हुन् । यमुनामाई गाउँपालिका–५ जुनखुनुवामा शनिबार राति करिब १० बजेतिर कार दुर्घटना भएको हो ।

मृत्यु हुनेमा भारतको बिहार राज्यको बखरी बेतौना घर भएका अरुण साह र दिनानाथ साह भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । कारमा सवार अन्य दुई जनाको सनाखत हुन सकेको छैन ।

शनिबार राति घटनास्थलमा खटिएका एसपी विनोद घिमिरेका अनुसार युके १२ सी २९०० नम्बरको कार सडक भन्दा तलको खाल्डोको पानीमा डुबेको अवस्थामा फेला परेको थियो ।

कारको सिसा फुटाएर चार जना पुरुषलाई बाहिर निकालेर अस्पताल पुर्‍याइएको एसपी घिमिरेले बताए । अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले उनीहरूलाई मृत्यु भएको घोषणा गरेका थिए । कारमा सवार चारै जना शनिबार चन्द्रनिगाहपुरमा रमालो गर्न भारताबाट आएको बुझिएको छ ।

प्रतिकृया दिनुहोस्