Wednesday, June 29

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता नलिए यातायात ठप्प पार्ने यातायात महासंघको चेतावनी सहि कि गलत?

November 14, 2021 109

काठमाडौं – नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले आयल निगमलाई देशका राजनीतिक दलहरूले आफैँ चलाएको आरोप लगाएका छन्।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै महासचिव सिटौलाले सरकारले तत्काल पेट्रोलियम पदार्थको मूल्यवृद्धि नघटाए सवारी साधन नचल्ने बताए। उनले तेलको मूल्यवृद्धि नघटाए सार्वजनिक सवारीको भाडादर बढाउने चेतावनी समेत दिएका छन् ।

‘नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघ अगाडि आयो, सवारी चल्न सक्दैनन्, मूल्यवृद्धि अविलम्ब ढंगबाट फिर्ता हुनुपर्छ, यदि माग फिर्ता भएन भने गाडीको भाडादर पनि बढ्छ,’ उनले भने, ‘अहिले आयल निगमले गरेको मूल्यवृद्धि तत्काल हट्नुपर्छ, गाडी पानीले चल्दैन, भाडादर बढ्छ, लुकाएर कुरा हुँदैन। आयल निगमलाई देशका राजनीतिक दलहरू आफैँले चलाएका छन् ।’

त्यस्तै कार्यक्रममा राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले पेट्रोलियम पदार्थको मूल्य वृद्धिले जनता अत्याधिक मारमा परेको बताए।

अध्यक्ष महर्जनले पेट्रोलियम पदार्थको मूल्य वृद्धिले नेपाल आयल निगमलाई जनतासँग फेश गर्न पनि गाह्रो भएको बताए। १२ दिनमै सरकारले तेलको मूल्य बढाउनु गलत भएको उनको भनाइ छ। उनले विद्यार्थी नेताहरूले मन्त्रीहरूको घर–घरमा गएर आवाज उठाउनु पर्ने बताए। काठमाडौं – नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले आयल निगमलाई देशका राजनीतिक दलहरूले आफैँ चलाएको आरोप लगाएका छन्।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै महासचिव सिटौलाले सरकारले तत्काल पेट्रोलियम पदार्थको मूल्यवृद्धि नघटाए सवारी साधन नचल्ने बताए। उनले तेलको मूल्यवृद्धि नघटाए सार्वजनिक सवारीको भाडादर बढाउने चेतावनी समेत दिएका छन् ।

‘नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघ अगाडि आयो, सवारी चल्न सक्दैनन्, मूल्यवृद्धि अविलम्ब ढंगबाट फिर्ता हुनुपर्छ, यदि माग फिर्ता भएन भने गाडीको भाडादर पनि बढ्छ,’ उनले भने, ‘अहिले आयल निगमले गरेको मूल्यवृद्धि तत्काल हट्नुपर्छ, गाडी पानीले चल्दैन, भाडादर बढ्छ, लुकाएर कुरा हुँदैन। आयल निगमलाई देशका राजनीतिक दलहरू आफैँले चलाएका छन् ।’

त्यस्तै कार्यक्रममा राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले पेट्रोलियम पदार्थको मूल्य वृद्धिले जनता अत्याधिक मारमा परेको बताए।

अध्यक्ष महर्जनले पेट्रोलियम पदार्थको मूल्य वृद्धिले नेपाल आयल निगमलाई जनतासँग फेश गर्न पनि गाह्रो भएको बताए। १२ दिनमै सरकारले तेलको मूल्य बढाउनु गलत भएको उनको भनाइ छ। उनले विद्यार्थी नेताहरूले मन्त्रीहरूको घर–घरमा गएर आवाज उठाउनु पर्ने बताए।

प्रतिकृया दिनुहोस्