Thursday, May 26

सोमवार केवल यी ७ काम गर्नुस् : सम्पुर्ण दु:ख कष्ट अभाव नाश हुनेछन् !

November 15, 2021 102

आज सोमबार कुनैपनि कार्य गर्नको लागि सोमवार शुभ मानिन्छ । सोमबार जन्मिएका मानिस निकै राम्रो व्यवहार भएको, कुशल र मायालु व्यवहारका हुने शास्त्रमा लेखिएको छ । सोमवार घर बनाउने, विवाह गर्ने, नामकरण या विद्यासँग सम्बन्धित कुनै कार्य गरियो भने शुभ हुने विश्वास छ ।हिन्दु धर्ममा आइतबारलाई ‘सूर्य देव‘को बार मानिन्छ। भने सोमबार ‘शिवजी‘को दिन हो।

यस दिनमा शिवजीको पुजा- आरधना गरे शिवजी चाँडै नै खुसी हुने उल्लेख छ । यस दिनमा शिव मन्दिर गई विशेषतः ‘अर्धनारीश्वर पुजा’ गर्ने अनि ‘ऊँ नमः शिवाय’ मन्त्र जप्नुपर्दछ। अझै सोमबारको दिन शिवजीको पुजा गर्नेबेला शिवपुराण पढ्दा शिवजी प्रसन्न भई मागेको वर दिने विश्वास गरिन्छ।कुमारी स्त्रीले राम्रो वर पाउनका लागि शिवजीको पुजा गर्ने गर्दछन् भने विवाहित स्त्रीले आफ्नो परिवारमा सुखशान्ती र पतिको लामो आयुको लागि शिवजीको पुजा गर्दछन्। यस दिन व्रत बस्दा एक छाक मात्रा खानुपर्दछ भने खानामा नुन/तेल मिसाउन मनाही छ।

कष्ट हटाउन यसो गर्नुहोस्:१ शिवलाई जल या दूधको अभिषेक गर्नु राम्रो मानिएको छ ।२ मानसिक, शारीरिक या आर्थिक क ष्ट छ भने कुलदेवताको पूजा गर्नुहोस् ।३ चामल, दूध, चाँदी दान गर्नुहोस् ।४ चन्द्रमाले क ष्ट दिएमा चाँदीलाई नदीमा बगाउनाले सबै कष्ट या सम स्याहरु बगेर जानेछ ।५ खीर खानु पनि शुभ हुन्छ ।६ जसको चन्द्रमा कमि छ त्यस व्यक्ति सेतो कपडा र चन्दनको सेतो टीका लगाउनुहोस् ।७ चादीको औठी र सेतो मोती धारण गर्नाले पनि लाभ प्राप्त हुन्छ ।

यसैगरी यस दिनलाई भगवान शिवको पुजाको लागि विशेष दिन मानिन्छ । आजको मानिस यति धेरै व्यस्त छ कि उसलाई भगवानको उपासना गर्ने फुर्सद सम्म हुँदैन ।अहिले बढ्दो विज्ञानको अगाडी मानिसले आफ्नो धार्मिक आस्था भन्ने कुराहरु विस्तारै भुल्दै गरेको छ । तर हामीलाई थाहाँ छैन आस्था भनेको के हो ? कुनै पनि धार्मिक कार्यमा तपाई आफ्नो समय व्यतित गर्नुहुन्छ भने त्यसले तपाईको मनलाई शान्त तुल्याउँछ र बाँकी तपाईको समय राम्रो हुन्छ ।

मनको शान्ति पछि मात्रैं तपाई आफ्नो बाँकी कामलाई निरन्तर रुपमा अगाडी लैजान सक्नुहुन्छ । तपाईले कसैप्रति धेरै आस्था राख्नुहुन्छ भने त्यसको नजर तपाई माथि पर्छ त्यस्तै तपाई भगवान शिवको उपासना गर्नुहुन्छ भने तपाई माथि भगवान शिवको कृपा रहने कुरा शास्त्रहरुमा भनिएको छ । आज हामी तपाईलाई कसरी सजिलो तरिकाबाट भगवान शिवलाई खुशी बनाउँन सकिन्छ भन्ने बारेमा जानकारी गराउँछौं…

हरेक सोमबार बिहानैं नुहाउँनुहोस र कुनै मन्दिरमा गएर भगवान शिवलाई स्वच्छ जल चढाउनुहोस ।यदि तपाईं मन्दिरमा जान सक्नुहुन्न भने तपाईं घरमा नैं शिवलिङगमा पानी चढाउन पनि सक्नुहुन्छ।कच्चा दूधले शिवलिगंको अभिशेष गर्नुहोस र शुद्ध दुध चढाउनुहोस ।भगवान शिवलाई बिल्ब पत्र र फुल चढाउनुहोस।फूलहरू यदि मदारका छन् भने, यो धेरै शुभ हुन्छ साथै धतुरो पनि चढाउनुहोस।भगवान शिवलाई शुद्ध घिउँले दिप जलाउनुहोस ।शिवजीलाई मौसमी फल चढाउनुहोस ।त्यस पछि, शिवजीको आरती गर्नुहोस्।अन्त्यमा,भगवान शिवसँग मनोकामना पूरा गर्नको लागि दुई हात जोडेर प्रार्थना गर्नुहोस्।

प्रतिकृया दिनुहोस्