Thursday, May 26

स्याङ्जामा ट्याक्टर दुर्घटना हुँदा टायरले च्यापेर चालक ३८ वर्षीय सन्तोषको मृत्यु

November 15, 2021 83

स्याङ्जामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आइतबार राती आँधिखोला गाउँपालिका–५ स्थित एकरायमा ग.१ त ६४४० नम्बरको ट्याक्टर सडकको नालामा पल्टिएको थियो ।

दुर्घटनामा परेर तनहुँ घर भएका ३८ वर्षीय सन्तोष गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डिएसपी राजेन्द्र प्रसाद अधिकारीले बताए । ट्याक्टरको बायाँ तर्फको टा’य’रले च्या’पेर चा’लक गुरुङको घटनास्थलमा नै मृत्यु भएको हो । ट्याक्टरका सहचालक तनहुँ घर भएका रेशम गुरुङ घाइते छन् । उनको पोखरा स्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

त्यस्तै, तीर्थयात्री बोकेको बोलेरो दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने १४ घाइते भएका छन् । प्रदेश नम्बर ३ को ०१०२२ च ९६९४ नम्बरको बोलेरो सुनकोशी गाउँपालिका–९ को सिकारीडाँडामा आज विहान दुर्घटना भएको थियो । बलेरोमा यहाँस्थित चम्पादेवी ककनी मन्दिर दर्शन तथा एकादशी मेला भर्न जाने भक्तजन रहेको बताइएको छ ।

जिल्ला प्रहरी प्रमुख गोविन्दराज काफ्लेका अनुसार मृत्यु हुनेमा सिद्धिचरण नगरपालिका १० बेतिनी रुप्सेका ३५ वर्षीया मिठुमाया मगर, सोही ठाउँका अन्दाजी १७ वर्षीया तुलसा मगर र उमेर नखुलेका खगेन्द्र मगर र थप एक जनाको उपचारका क्रममा मृत्यु भएको र उनको पहिचान हुन सकेको छैन ।

प्रहरी प्रमुख काफ्लेले बलेरोमा १८ जना सवार रहेको र बलेरो सडकबाट करिब ६०० मिटर तल झरेको बताउनुभयो । दुर्घटनाका गम्भीर घाइतेलाई उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौँ पठाइएको सुनकोशी–९ का वडाध्यक्ष झनककुमार कार्कीले जानकारीदिनुभयो । दुर्घटनालगत्तै प्रहरीचौकी कोषहाट र स्थानीयले घाइतेको उद्धार गरेका थिए । अन्य घाइतेको ओखलढुङ्गा सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।

जिल्लाको सुनकोशी –९ र चम्पादेवी गाउँपालिका–९ को सिमानामा पर्ने ककनी मन्दिरमा बर्सेनि भक्तजनको भीड लाग्ने गर्दछ । एकादशीका अवसरमा एक साताभन्दा बढी मेला लाग्ने ककनी दर्शन गर्न ओखलढुङ्गा, सिन्धुली, रामेछाप, उदयपुर र सोलुखुम्बलगायतका स्थानबाट भक्तजन आउने गरेका छन् ।

प्रतिकृया दिनुहोस्