भिडियो तलको समाचारको अन्त्यमा राखिएको छ, पूरा भिडियो हेर्नुहोला, यो पनि पढ्नुहोस
घ्याल्चोक, गोरखा । पूर्वप्रधानमन्त्री एवं जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई जनताका घरदैलोमा पुगेका छन् । जसपाको सुज (पार्टी संगठन सुदृढीकरण तथा जनपरिचालन) अभियान लिएर उनी गोरखाका सबै गाउँपालिका/नगरपालिकामा जनताको घर-घरमा पुग्ने अभियान थालेका हुन् ।
यो सुज अभियान कार्तिक २२ देखि मंसिर ३ गते सम्म संचालन हुने जनाइएकाे छ । तल्लो तहका जनताका गुनासा र वास्तविकता बुझ्न र अहिलेको राष्ट्रिय राजनीतिबारे बुझाउन उनी यस्तो अभियानमा निस्केका हुन् । अभियान मंसिर ३ गते बाल्वामा स्वास्थ्य शिविर कार्यक्रम पश्चात टुंगिने छ ।
सुज अभियानको पहिलो दिनमै भट्टराईले आफू भोट माग्न नभई जनताको वास्तविकता हेर्न र समस्या समाधानको पहल गर्न घर–घरमा आएको स्पष्टीकरण दिए । उनले सही राजनीति नभएसम्म देश नबन्ने ठोकुवासमेत गरे ।
अहिलेको राजनीतिक पार्टी र नेतृत्वले देशको विकास हुन नसक्ने उनको दाबी थियो ।
तत्कालीन एमाले र माओवादी मिलेर बनेको नेकपा(नेकपा) विभाजनलाई उदाहरण दिएर भट्टराईले पुरानो पार्टीबाट अब विकास र समृद्धि सम्भव नहुने विश्लेषण गरे । साम्यवादको अमूर्त कुरालाई छाडेर सबै राजनीतिक पार्टीलाई समाजवादी धारमा लाग्नसमेत उनले आग्रह गरे ।’
पुराना पार्टीबाट देशको विकास र समृद्धि सम्भव छैन । विकासको लागि सबैभन्दा पहिले राजनीति ठीक ठाउँमा आउनुपर्छ,’ जनभेटघाटको क्रममा उनले भने, ’जात र गोत्र त परिवर्तन हुन्छ । विकासको लागि पुरानै पार्टीमा बस्नुपर्छ भन्ने छ्रैन । हाम्रो सोच बदल्न जरुरी छ ।’
दुई–दुई पटक विघटन भएर संसदले पुनर्जीवन पाएको छ । यससँगै तत्कालको लागि प्रतिगमनको खतरा टरेको छ । तर, राजनीतिक अस्थिरता, हरेक पार्टीभित्रको बेथिति, देश र राजनीतिको कथाव्यथा भने उस्तै छ ।
एमसीसीले देश बिकास गर्ने
गोरखा गण्डकी गाउँपालिकाका ३ र ८ नम्बर वडा लगायतका जनताले एमसीसीबारे पनि भट्टराईलाई जिज्ञासा राखे । संसदमा उठेका एमसीसीबारे पक्षविपक्षका सवाल/जवाफलाई उदाहरण दिँदै उनीसँग गण्डकी गाउँपालिकाका जनताले ‘एमसीसी पास गरे देश खान्छ भन्छन् के हो’ भनेर सोधे ।
जबाफमा भट्टराईले नेपालमा विकास नहोस् भन्ने तत्वहरुले नै एमसीसीबारे भ्रम छरेको बताए । यसमा भारत, चीन र अमेरिका लागेको उनको आरोप थियो । एमसीसी सहयोग लिएर देश विकास गर्नुपर्ने उनको तर्क थियो । उनले एमसीसीबारे शंका नगर्न जनतालाई आग्रह गरे ।
एमसीसीले देश खान्छ भन्ने भ्रम हो भन्दै उनले भने, ‘एमसीसी पास गरे यहाँ अमेरिकी सेना नेपाल आउँछ, नेपाल खान्छ भन्छन् । यी सबै भ्रम हुन् । त्यसाे भए, नेपाली सुरक्षाकर्मी के हेरेर बस्छ ? हामी चुप लागेर बस्दैनौं नि । अहिले त हामी सहयोग लिने हो, विकास र समृद्धिमा लाग्ने हो । अहिले कसैसँग निहुँ खोज्ने अवस्थामा हामी छैनौं । पहिले हामी बलियो बन्ने हो अनि पो कसैले हेप्न सक्दैन । अहिले एउटाले सहयोग दिन लाग्दा अर्को देशले भ्रम छर्ने काम गरेको छ, यो गलत काम हो ।’
भूपेन्द्रको मोबाइलमा भेटियो ड’रलाग्दो र’हष्य,फोन गरेर यसरी मा’र्ने प्लान (भिडियो हेर्नुहोस्)
प्रतिकृया दिनुहोस्