आईतबार जनआर्दश माध्यमिक विद्यालयमा करिव ११ः३० बजेको समयमा दोश्रो पिरियड चल्दै थियो । कक्षामा दोश्रो पिरियड पढाई रहेका बेला उक्त बिद्यालय शिक्षक बिरेन्द्र लामिछाने कक्षामै थिए ।उनी हिम पहिरोबाट हताहत हुदा घा’ईते भए ।
उनी अहिलो जोमसोम अस्पतालमा उपचार गराईरहेका छन् । घटनाबारे उनको स्मरण यस्तो थियो ।म जनआदर्श माविको शिक्षक हु । मुस्ताङमा अध्यापन गराईरहेको दुई बर्ष भयो । हिम पहिरोको बारेमा सुनेको भएपनि देखेको थिईन् । अकस्मात ११ः ३० बजे धौलागिरिको पानापाथी हिमालबाट भिषण हिम पहिरो गयो ।
घटना सम्झदै लामिछाने भन्छन् ,‘जिवनमा हिम पहिरो जान्छ भन्ने सुनेको मात्र थिए तर कहिल्यै देख्न पाएको थिईन, तर ड’र लाग्दो भिषण आवाजसहितको हिम पहिरो देखियो।’ पहिले त आफुलाई हिम पहिरो गएको पत्यार नलागेको र हिम पहिरोको आवाजलाई हावाको बेग सम्भिए ।
त्यसपछि त हेडसरले हिम पहिरोको सूचना गराएपछि हामी सबै बाहिर निस्कियौं । पछाडी हेर्दा त गल्याङ गुर्रलुङ हिमालै खसेको जस्तो अनुभती भयो, हामी अनियन्त्रित भयौ । त्यसपछि बिद्यालयका सबै शिक्षक र बिद्यार्थी ज्यान बचाउन सुरक्षित स्थानमा भागदौड मच्चियो ।
हिम पहिरो खस्दा धुलो र हिउँ एकैसाथ आफ्नै अगाडी आउन लागेको जस्तो भयो ।स्कुल माथि भएकाले हिम पहिरोको जोखिम हामीलाई बढी जो’खिम थियो । भागदौडमा हामी केही बिद्यार्थी र शिक्षक घाईते हुन पुगेको बताए,अझै पनि सो क्षेत्रका स्थानीय र बिद्यालय परिवारलाई केही दिनसम्म मनोबैज्ञानिक असर पर्ने देख्छु ।
प्रतिकृया दिनुहोस्