Thursday, May 26

भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

November 16, 2021 118

भक्तपुर : भक्तपुरको मध्यपुर थिमि नगरपालिका–४ चारदोबाटोस्थित अरनिको राजमार्ग खण्डमा मोटरसाइकल अनियन्त्रित भई मंगलबार बिहान दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ।

काठमाडौँबाट भक्तपुरतर्फ आउँदै गरेको बागमती प्रदेश ०२–०२७ प २३५३ नं. को मोटरसाइकल अनियन्त्रित भई बीच सडकको डिभाइडरमा ठो’क्कि’न गई दुर्घटना हुँदा चालक सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका वडा नं. ७ घर भई हाल भक्तपुर लोकन्थली बस्ने २९ वर्षीय प्रदीप कार्कीको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका कार्कीलाई महानगरीय प्रहरीवृत्त थिमिका प्रहरी निरीक्षक रवीन्द्र खड्काको टोलीले उद्धार गरी मध्यपुर अस्पताल लगेको थियो।

उपचारकै क्रममा कार्कीको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक लोकबहादुर जिसीले बताए। मृतकको शव पोष्टमार्टमका लागि के.एम.सी. अस्पताल दुवाकोटमा राखिएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्