Thursday, May 26

श्रद्धा आज विवाह बन्धनमा बाँधिँदै

November 16, 2021 113

काठमाडौं : चर्चित भारतीय टेलिसिरियल ‘कुण्डली भाग्य’ की प्रिता अर्थात् श्रद्धा आर्या आज विवाह बन्धनमा बाँधिँदै छिन् । राहुल शर्मासँग उनले बिहे गर्न लागेकी हुन् । शर्मा पेसाले जलसेनाका अफिसर हुन् । उनी मिडियाको लाइमलाइटमा आउन त्यति रुचाउँदैनन् ।

बिहे गर्नुअघि श्रद्धाको मेहेन्दी सेरोमेनीको अहिले भारतीय मिडिया र सामाजिक सञ्जालमा निकै चर्चा भइरहेको छ । श्रद्धाले आफ्नो इन्स्टाग्राममा मेहेन्दी र राहुलले इन्गेज्मेन्टमा लगाइदिएको औंठीको तस्बिर पोस्ट गरेकी छन् । जसमा उनी निकै सुन्दर देखिएकी छन् ।

त्यस्तै यता नेपालमा मिस नेपाल इशानी श्रेष्ठले व्यापारी तरुणप्रताप शाहसँग विवाह गर्ने भएकी छिन् । पूर्वमिस नेपाल तथा मोडल इशानी श्रेष्ठ र व्यापारी तरुणप्रताप शाहबीच आज राजधानीको एक पाँचतारे होटलमा टीकाटालो (इन्गेजमेन्ट) भएको छ । दुईतर्फका परिवार र आफन्तको केही उपस्थितीमा यी दुईजनाले औंठी साटेका हुन् ।

सन् २०१३ मा मिस नेपाल बनेकी इशानीले बालीमा भएको मिस वल्र्डमा सहभागिता जनाएकी थिइन् । इशानीले मिस वल्र्ड टप टेनमा पुग्ने पहिलो महिलाको रकेर्ड राख्दै पहिलो पल्ट ‘ब्युटी विद प्रपोज’को पुरस्कार पनि जितेकी थिइन् ।

व्यापारी तथा मिडिया उद्यमी विश्वनाथ प्रसाद शाहका छोरा तरुण आफूलाई भने शिक्षाविद्को रुपमा चिनाउन रुचाउँछन् । उनले सेफर्ड,कलेज ट्रिटन कलेज, शुभश्री कलेज आदि कलेज चलाउँछन् । दालमोठमा एकछत्र राज गरिरहेको हल्दिराम तरुणकै कम्पनीले नेपालमा वितरण गर्दै आएको छ ।इशानी स्वयंले इन्स्टामा तरुणसँगको फोटो राख्दै ‘लभ अफ माइ लाइफ’ क्याप्सन राखेकी छिन् । उनको फोटोमा मिस नेपाल र मिस नेपालका रनर्स अपले शुभकामनाको वर्षा गरेका छन् ।

इशानीका अनुसार आगामी पुस ६ गते (डिसेम्बर २१)मा वैवाहिक कार्यक्रम आयोजना हुनेछ । सोल्टीमोडस्थित न्यू हायात होटलमा इन्गेजमेन्ट कार्यक्रमको आयोजना गरिएको थियो जहाँ उनीहरु निकट सेलेव्रिटी पनि उपस्थित थिए ।

मिस वर्ल्डको उत्कृष्ट १० मा पुग्ने उनी पहिलो नेपाली सहभागी समेत हुन् । मिडिया उद्यमी तथा व्यवसायी तरुणले सेफड कलेज, ट्रिटन कलेज, शुभश्री कलेज संचालन गरेका छन् । दालमोठ उत्पादक कम्पनी हल्दिरामलाई तरुणले नै संचालन गरिरहेका छन् । इशानीले गतसाता तरुणसँग तस्बिर सेयर गर्दै पहिलोपटक उनीसँगको सम्बन्धलाई खुलासा गरेकी थिइन् ।

प्रतिकृया दिनुहोस्