Thursday, May 26

लामो समय पछि मेरी बास्सै मा चम्सुरीको अगमन गरियो भब्य स्वागतसहित सम्मान (भिडियो हेर्नुहोस)

November 16, 2021 140

लामो समय पछि मेरी बास्सै मा चम्सुरीको अगमन गरियो भब्य स्वागतसहित सम्मान (भिडियो हेर्नुहोस)


नेपालमा मिर्गाैला प्रत्यारोपण गर्नका लागि हाडनाता चाहिने कानुन भएकाले डंगोललाई मिर्गाैला प्रत्यारोपणका लागि समस्या उत्पन्न भएको थियो ।

डंगोलका भाइ राजु डंगोलका अनुसार नेपालमा मिर्गाैला प्रत्यारोपण गर्न हाडनाता चाहिने भएका कारण यतै उपचार हुने कि नहुने परिवार दाेधारमा थियो ।

डंगोल परिवारले भारतमा उपचार गर्ने योजना पनि बनाएका थिए । तर, डंगोलको नेपालमै उपचार गर्ने मनसाय रहेको थाहा पाएपछि परिवारभित्रै मिर्गाैला खोजी सुरु गरिएको थियो । पल्पसाका भाइ राजुले भने, ‘अहिले हामीले दिदीका लागि मिर्गाैला पाइसकेका छौँ । चार–पाँचजनाले दिने भनेर आउनुभएको छ ।’

तर, अहिले दाताहरूको स्वास्थ्य, ब्लड ग्रुपलगायत परीक्षण भइरहेको छ । दुई दिनपछि आउने रिपोर्टले कसको मिर्गाैला प्रत्यारोपण गर्ने भनेर फाइनल हुने उनले बताए ।
घरमै बसिरहेका वेला श्वास फेर्न गाह्रो भएपछि अस्पताल भर्ना भएकी डंगोलको तब मात्रै दुवै मिर्गाैलाले काम गर्न छाडेको रिपोर्ट डाक्टरहरूले निकालेका थिए । विगत १५ वर्षदेखि मिर्गाैलाको समस्याबाट डंगोल पीडित थिइन् ।

प्रतिकृया दिनुहोस्