Thursday, May 26

पुन: शोकमा डुब्यो सु शान्तको परिवार, जवाइँ र भान्जाभान्जीसहित ५ जनाको निधन

November 16, 2021 151

गत वर्ष निधन भएका सुशान्त सिंह राजपूतको ६ जना आफन्तको सडक दुर्घटनामा परी मृत्यु भएको छ ।

भारतीय मिडियाका अनुसार सुशान्तका विहारको पिपरा गाँउमा आज (मंगलवार) ट्रक र सुमो एकआपसमा ठक्कर भएको थियो। दुर्घटनामा परी सुशान्तका बहिनी ज्वाइँ लालजीत सिंह मृत्यु भएको छ। लालजीत गीता देवीका पति हुन् ।

साथैमा दुर्घटनामा लालजीतका जेठा छोरा अमित शेखर, कान्छा छोरा रामचन्द्र सिंह, छोरी देबी देवी, भान्जी अनिता देवी र चालक प्रितम कुमारको मृत्यु भएको हो । स्थानीयकाअनुसार जमुई जिल्लाको खैरा थाना क्षेत्रको सगदाहा भन्दरा गाउँमा लालजीत सिंहकी पत्नी गीता देवीको शव दाहसंस्कार गरि सुमोमा १० जना फर्किरहेका थिए ।

सुमो गाडीबाट पिपरा गाँउमा अवस्थित उत्क्रमित मध्य विद्यालयको अगाडि आइरहेको एलपीजी बोकेको ट्रक र सुशान्तका परिवार सवार टाटा सुमोको एकआपसमा ठोकिएको थियो । खबरअनुसार दुर्घटनामा अन्य चार जना गम्भीर घाइते छन् । सिकंदराकोे अस्पतालमा उनीहरुको उपचार भइरहेको छ । थप उपचारको लागि दुई जनालाई पटना रिफर गरिएको छ।

पुलिसले श व बरामद गरि पोस्टमार्टमका लागि सदर अस्पताल पठाएको छ । लखीसराय एसपी सुशील कुमारले घटनास्थलमा पुगि घटनाको जानकारी लिइरहेका छन् ।

काठमाडौँ । कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी पर्व आज मनाइँदैछ । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु ब्युँझिने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रबोधिनी एकादशी पनि भनिन्छ । हरिशयनीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दछन् ।

विष्णु क्षीर सागरमा सुतेकाले यी चार महिना विवाह व्रतबन्धजस्ता माङ्गलिक कार्य नगरिने परम्परा छ । यस समयमा खोला, नदीनालामा बाढीपहिरो आउने र सर्पजस्ता जीवको भयका कारण यात्रा नगर्नु शुभ मानिन्छ ।

हरिशयनी एकादशीका दिन घरघरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिँगारी फूल मालाले सजाएर आज विवाह गरिन्छ । तुलसी विष्णुप्रिया भएकाले यस दिन तुलसीको दामोदरसँग विवाह गर्ने परम्परा बसेको हो । तुलसीको मठ नजिकै विष्णुको प्रतीकका रुपमा निगालाको लिङ्ग गाडेर विधिपूर्वक पूजा गरिन्छ । कार्तिक महिनाभर सबै देवदेवी तुलसीमै निवास गर्छन् भन्ने धार्मिक विश्वास छ ।

आदिकालदेखि पूजाको परम्परा बसेको तुलसीको महिमा वैज्ञानिकरुपमा पनि लाभदायक प्रमाणित भएको छ । यसैले तुलसीको मठ हुने घरलाई तीर्थ समान मानिन्छ । तुलसीको सुगन्धले दश दिशा पवित्र हुन्छ भनिन्छ । तुलसीको पूजा गरिएको घरमा यमदूत पनि पस्दैनन् भन्ने आस्थाका कारण हिन्दू धर्मावलम्बीले घरमा तुलसीको मठ बनाउँछन् ।

प्रतिकृया दिनुहोस्