Thursday, May 26

प्रचण्डको नाममा आज बुधबार एक दिन सार्वजनिक बिदा दिने निर्णय (बिज्ञप्ति सहित)

November 17, 2021 108

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड महोत्तरीको एक स्वास्थ्य संस्था उद्घाटनमा जाने भएपछि सार्वजनिक बिदा हुने भएको छ । महोत्तरीको रामगोपालपुर नगरपालिकाले प्रचण्ड उद्घाटनमा आउने भएपछि बुधबार एक दिन सार्वजनिक बिदा नै दिने निर्णय गरेको हो ।

नगरपालिका अन्तर्गतका आधारभूत स्वास्थ्य केन्द्रहरू वडा नम्बर २,३,४,६,७, ८ र ९ को उद्घाटनका लागि प्रचण्ड महोत्तरी आउने कार्यक्रम रहेको नगरपालिकाको सूचनामा उल्लेख छ । सूचनाअनुसार प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम दिउँसो १२ बजे रामगोपालपुर प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ । त्यहाँको एक नगरपालिकाले अनौठो निर्णय लिंदा सबैलाई चकित तुल्याएको छ ।

गठबन्धन आवद्ध दलले उपनिर्वाचनमा सहकार्य गर्ने

पाँच दलीय राजनीतिक गठबन्धनले राष्ट्रिय सभा, प्रतिनिधि सभा तथा प्रदेश सभाको आसन्न उपनिर्वाचनमा सहकार्य गर्ने भएको छ । गठबन्धनमा आबद्ध शीर्ष नेताहरूले एक विज्ञप्ति जारी गर्दै उपनिर्वाचनमा राजनीतिक सहकार्य हुने बताएका हुन् ।

जारी विज्ञप्तिमा गठबन्धनको सरकार बनिसकेपछि मुलुक राजनीतिक लिकमा फर्किएको समेत दाबी गरिएको छ । ‘राष्ट्रियता, लोकतन्त्र संवर्द्धन, संविधानको रक्षा र सुशासनको प्रवर्द्धनलाई वर्तमान गठबन्धन सरकारले मूल मन्त्र बनाएको छ’, विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका नेता अशोक राई र राष्ट्रिय जनमोर्चा नेतृ दुर्गा पौडेलले हस्ताक्षर गरेका छन् ।माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड महोत्तरीको एक स्वास्थ्य संस्था उद्घाटनमा जाने भएपछि त्यहाँको एक नगरपालिकाले अनौठो निर्णय गरेको छ । प्रचण्ड आउने भएपछि महोत्तरीको रामगोपालपुर नगरपालिकाले दुई दिन सार्वजनिक बिदा दिएको हो।

नगर प्रमुख अशोककुमार मण्डलले प्रचण्डको स्वागतका लागि मंसिर १ गते सार्वजनिक बिदा घोषणा गरेका हुन्। मण्डलका अनुसार प्रचण्ड नगरपालिका अन्तर्गत वडा नं. २, ३, ४, ६, ७, ८ र ९ का आधारभूत स्वास्थ्य केन्द्रहरु उद्घाटनका लागि आउन लागेका हुन्।

त्यहीकारण मंसिर १ गते सार्वजनिक बिदाइ हुने ब्यहोराको सूचना मण्डलले आफ्नै हस्ताक्षरमा प्रकाशित गरेका छन्। उनले सार्वजनिक बिदा हुने भएकाले प्रचण्ड आउने कार्यक्रममा सहभागी हुन पनि स्थानीयलाई आग्रह गरेका छन्।

प्रचण्डको स्वागतमा नगरपालिकाले रामगोपालपुर प्राथमिक स्वास्थ्य केन्द्र परिसरमा औपचारिक कार्यक्रम तय गरेको छ।
माओवादी केन्द्रको महाधिवेशनमा प्यानल उम्मेद्वारी दिन रोक, बुधवारबाट निर्वाचन कार्यालय सञ्चालन

नेकपा माओवादी केन्द्रले आगामी महाधिवेशनमा समूह बनाएर उम्मेद्वारी दर्ता गर्न रोक लगाउने भएको छ । माओवादी केन्द्रले आगामी पुसको ११–१३ मा हुने महाधिवेशनमा समूह बनाएर उम्मेद्वारी दर्ता गर्न रोक लगाउने भएको हो ।

महाधिवेशनमा होमिएको माओवादीले एमालेको सिको गर्दै समूहगत उम्मेद्वारीमा रोक लगाएको हो । एमालेले विधानमै प्यानल बनाएर उम्मेदवारी दिन नपाइने व्यवस्था गरिसकेको छ ।

यसैबीच माअ‍ोवादीले महाधिवेशनका लागि गठित निर्वाचन समितिको कार्यालय बुधबारबाट सञ्चालनमा ल्याउने भएको छ ।

सात लाख हाराहारी कार्यकर्ताले जिम्मेवारी पाउने गरी माओवादीले महाधिवेशन प्रक्रिया थालेको निर्वाचन आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठले जानकारी दिनुभयो ।

निर्वाचन आयोगले प्रदेशमा सात जना, पालिकामा पाँच जना र वडामा तीन जनाको निर्वाचन समिति बनाएको छ ।२९९ सदस्यीय केन्द्रीय नेतृत्व चयन गर्नेछ ।

प्रतिकृया दिनुहोस्