Thursday, May 26

सुधार केन्द्रमा २५ वर्षीय टुकराज श्रेष्ठको शंकास्पद मृत्यु भएपछि परिवारले दियो जाहेरी

November 17, 2021 116

काठमाडौंको बूढानीलकण्ठस्थित रिह्याब सेन्टर (सुधार केन्द्र) मा एकजना युवकको शंकास्पद मृत्यु भएको छ । ‘अल्कोहलिक’ भएर रिह्याबमा राखेको तीन दिनमा तनहुँ घर भएका २५ वर्षीय टुकराज श्रेष्ठको मृत्यु भएपछि परिवार आ’क्रो’शित भएका छन् ।

स्थानीय पासिकोटमा रहेको ‘वे अफ लिभिङ ड्रग्स एण्ड अल्कोहल’ रिह्याबमा कात्तिक २४ गते मध्यरातमा श्रेष्ठको मृत्यु भएको थियो । परिवारले उनलाई कात्तिक २१ मा सुधार केन्द्रको जिम्मा लगाएका थिए ।
सुधार केन्द्रले मृत्युपछि मात्र परिवारलाई खबर गरेको मृतककी दिदी मनिषा श्रेष्ठले बताइन् । रिह्याबमा ह’त्यापछि भाइलाई महाराजगञ्ज स्थित मेट्रो अस्पतालमा लगिएको मनिषाले बताइन् । उनले भनिन्, ‘मेरो भाइलाई मध्यराति रिह्याबमा ह’त्या ग’रि’एको छ, यसबारे अनुसन्धान गरिनुपर्छ ।’

पीडित परिवारले अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त महाराजगञ्जमा जाहेरी दिएका छन् । तर, प्रहरीले पो’ष्ट’मार्ट’म रिपोर्ट नआएको भन्दै अनुसन्धान अघि बढाएको छैन । महानगरीय प्रहरी वृत्त महाराजगञ्जका डिएसपी प्रमेश विष्टले अनुसन्धानको ‘केही प्रक्रिया’ अघि बढेको बताए । डिएसपी विष्टले भने, ‘पो’ष्ट’मार्टम रिपोर्ट आएपछि थप अनुसन्धान अघि बढाउँछौँ ।’

तनहुँको घिरिङ गाउँपालिकाका घर भएका टुकराज पूर्वसैनिक हुन् । रिह्याबमा अल्कोहल छुटाउन राखेको तर, रिह्याब संचालकले उनलाई बाँधेर राखेको र करेन्ट लगाएर यातना दिएको परिवारको दावी छ । टुकराजको खुट्टा, आँखा र कन्चटमा चो’ट देखिएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पो’ष्टमा’र्टम गरिएको छ । पोष्टमार्टमको रिपोर्ट आउन बाँकी छ ।

अल्कोहल छुटाउनका परिवारले अग्रिम २ लाख रुपैयाँ तिरिसकेका थिए । ‘६ महिनाका लागि ३ लाख १२ हजार मागेका थिए’ मृतककी दिदी मनिषाले रातोपाटीसँग भनिन्, ‘अग्रिम २ लाख तिरिसकेका थियौं ।

प्रतिकृया दिनुहोस्