Thursday, May 26

यिनै हुन् दुई दिल्लीमा काम गर्ने नेपालीभाषी महिलाको हत्या, मुखमा टेप र हात–खुट्टा बाँधिएको अवस्थामा शव भेटियो

November 17, 2021 167

काठमाडौ । भारतको राजधानी दिल्लीमा घरेलु कामदारको रुपमा कार्यरत दुई नेपालीभाषी महिलाको मृत्यु भएको भारतीय मिडियाले जनाएका छन् । ति महिलाको ह ‘त्या भ’एको उल्लेख गरिएको छ । सोमबार प्रहरीले घटनावारे जानकारी पाएर त्यसवारे सार्वजनिक गरेको छ । प्रहरीका अनुसार मिरिककी ३५ वर्षीया मिना राई र दार्जिलिङको मगरजोङकी ४० वर्षीया सुजला गुरुङ रहेको जनाइएको छ ।

उनीहरु नेपाली भाषी भारतीय महिला हुन् । दिल्लीस्थित निजामुद्दिन थाना अन्तर्गत के ब्लक जङ्गिपुरा एक्सटेन्सनको एक घरमा उनीहरुको शव फेला परेको हो । एएटै घरमा कार्यरत उनीहरुको शव फेला परेपछि प्रहरीले अनुसन्धान थालेको छ । उनीहरु त्यही घरमा कार्यरत थिए । उनीहरुको मुखमा टेप लगाइएको र हात–खुट्टा बाँधिएको अवस्थामा शव फेला परेको हो ।

भारतीय अखबार हिन्दुस्तान टाइम्समा दिल्लीको जङ्गिपुरामा कार्यरत दुई महिलाको अज्ञात व्यक्तिहरूले ह’त्या ग’रे’को समाचार प्रकाशन भएको हो । प्रहरीले जाँचका क्रममा ४५ सेकेन्डको सीसीटिभी फुटेज फेला पारेको छ ।

जसमा महिलाको शव भेटिएको घर बाहिर पाँच मास्कधारी उभिएको समेत देखिएको उल्लेख छ । घटनाको अनुसन्धानका क्रममा प्रहरीले सुजला गुरूङको फोन रेकर्ड फेला पारेको छ । मिना राईको मोबाइल भने प्रहरीले फेला पारेको छैन । एम्स अस्पतालमा पोस्टमार्टमपछि परिवारलाई शव हस्तान्तरण गरिएको र उनीहरुको मंगलबार अन्त्येष्टि गरिएको छ ।काठमाडौ । भारतको राजधानी दिल्लीमा घरेलु कामदारको रुपमा कार्यरत दुई नेपालीभाषी महिलाको मृत्यु भएको भारतीय मिडियाले जनाएका छन् । ति महिलाको ह ‘त्या भ’एको उल्लेख गरिएको छ । सोमबार प्रहरीले घटनावारे जानकारी पाएर त्यसवारे सार्वजनिक गरेको छ । प्रहरीका अनुसार मिरिककी ३५ वर्षीया मिना राई र दार्जिलिङको मगरजोङकी ४० वर्षीया सुजला गुरुङ रहेको जनाइएको छ ।

उनीहरु नेपाली भाषी भारतीय महिला हुन् । दिल्लीस्थित निजामुद्दिन थाना अन्तर्गत के ब्लक जङ्गिपुरा एक्सटेन्सनको एक घरमा उनीहरुको शव फेला परेको हो । एएटै घरमा कार्यरत उनीहरुको शव फेला परेपछि प्रहरीले अनुसन्धान थालेको छ । उनीहरु त्यही घरमा कार्यरत थिए । उनीहरुको मुखमा टेप लगाइएको र हात–खुट्टा बाँधिएको अवस्थामा शव फेला परेको हो ।

भारतीय अखबार हिन्दुस्तान टाइम्समा दिल्लीको जङ्गिपुरामा कार्यरत दुई महिलाको अज्ञात व्यक्तिहरूले ह’त्या ग’रे’को समाचार प्रकाशन भएको हो । प्रहरीले जाँचका क्रममा ४५ सेकेन्डको सीसीटिभी फुटेज फेला पारेको छ ।

जसमा महिलाको शव भेटिएको घर बाहिर पाँच मास्कधारी उभिएको समेत देखिएको उल्लेख छ । घटनाको अनुसन्धानका क्रममा प्रहरीले सुजला गुरूङको फोन रेकर्ड फेला पारेको छ । मिना राईको मोबाइल भने प्रहरीले फेला पारेको छैन । एम्स अस्पतालमा पोस्टमार्टमपछि परिवारलाई शव हस्तान्तरण गरिएको र उनीहरुको मंगलबार अन्त्येष्टि गरिएको छ ।

प्रतिकृया दिनुहोस्