Thursday, May 26

विद्यालय र कलेज अनिश्चितकालका लागि बन्द

November 17, 2021 113

वायु प्रदूषण बढेपछि दिल्लीका सम्पूर्ण विद्यालय र कलेज अनिश्चितकालका लागि बन्द गरिएका छन् । दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले बुधबार यस्तो घोषणा गरेका हुन् । त्यस्तै, दिल्लीमा २१ नोभेम्बरसम्म सम्पूर्ण निर्माण कार्य नगर्न भनिएको छ ।

तर, यातायात र रक्षासम्बन्धी निर्माण कार्यका हकमा यो प्रतिबन्ध लागू हुने छैन् । दिल्लीमा एक सातादेखि सरकारी कर्मचारीले घरबाटै काम गर्दै आएका छन् ।

दिल्लीमा सञ्चालित कोइलामा आधारित ११ ओटा उर्जा उत्पादन केन्द्रहरुमध्ये ५ ओटा केन्द्रलाई मात्र सञ्चालन गर्न अनुमति दिइएको छ ।

दिल्लीको वायु गुणस्तर सूचांक ख’त’राभन्दा माथिको तहमा पुगेको छ । सहरका विभिन्न भागको वायुको गुणस्तर सूचांक (एक्यूआई) ४ सय नाघेको छ । सामान्यतया शून्य देखि ५० सम्मको एक्यूआइलाई राम्रो मानिन्छ ।

दीपावलीदेखि दिल्लीको आकाश धुलो र धूँवाले ढाकेको थियो । उद्योग तथा सवारी साधनहरूबाट निस्किएको धुँवा, धुलो, र सुख्खा मौसमका कारण दिल्लीमा प्रदूषण बढेको विज्ञहरुले बताउँदै आएका छन् । हरेक वर्ष हिउँद लागेसँगै भारतका विभिन्न सहरमा प्रदूषण बढ्ने गरेको छ ।काठमाडौं । काठमाडौँ उपत्यकामा आज यो वर्षकै बढी चिसो महसुस गरिएको छ । जल तथा मौसम विज्ञान विभागकाअनुसार आज काठमाडौँको न्यूनतम तापक्रम यो वर्षकै कम सात दशमलव चार डिग्री सेल्सियस मापन गरिएको हो ।

मङ्गलबार काठमाडौँको न्यूनतम तापक्रम ८ डिग्री सेल्सियस थियो । चिसो बढेसँगै विभागले वायुको अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा रहेकाले चिसोबाट बच्न सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ ।

काठमाडौँ उपत्यकासहित देशभर औसतमा दैनिक एकदेखि दुई डिग्री सेल्सियससम्म तापक्रम घट्न थालेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाकाअनुसार नेपाली वायुमण्डलमा पश्चिमी वायुको प्रभावसँगै जाडोयाम सुरु हुन्छ ।

केही दिन अघिदेखि दिउँसोको तापक्रमसमेत दुईदेखि तीन डिग्री सेल्सियसका दरले घटिरहेको छ । हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ ।

आज राति देशको पहाडी भ–ूभागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहने बताइएको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम सात दशमलव चार डिग्री र अधिकतम तापक्रम २१ दशमलव आठ डिग्री सेल्सियस रहनेछ ।

त्यस्तै, आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस चार दशमलव पाँच डिग्री र सबैभन्दा बढी जनकपुरको अधिकतम तापक्रम २९ दशमलव दुई डिग्री सेल्सियस रहेको छ ।

प्रतिकृया दिनुहोस्