Thursday, May 26

रानी मुखर्जीसंग बोलचाल बन्द भयो, ‘बन्टी और बब्ली’वाट निकालिए अभिषेक बच्चन

November 17, 2021 65

एजेन्सी । यस अघि निकै चर्चित भएको चलचित्रको ‘बन्टी और बब्ली’ को अर्को सिक्वेल पनि बनेको छ । तर पहिलो फिल्ममा रहेका अन्य कलाकारहरु यथावत हुँदा अभिषेक बच्चन भने दोहोरिएनन् । उनलाई निर्माताले फिल्ममा अफर गरेका थिए तर अभिषेकले अस्वीकार गरिदिए । उनको स्थानमा सैफ अलि खान आएका छन् । फिल्मवाट अभिषेक बच्चन किन बाहिरिए भन्ने यतिबेला सबैको चासो रहेको भारतीय मिडियाले उल्लेख गरेकोछ ।

अभिषेकको स्थानमा अहिले रानी मुखर्जीको अपोजिट सैफ अली खानलाई लिइएको छ । यसको एकमात्र कारण भनेको ‘धूम ३’ चलचित्रको निर्माणको क्रममा निर्माता आदित्य चोपराबीच भएको विवाद हो । जसका कारण अभिषेक र रानी मुखर्जीबीच बोलचाल समेत बन्द भएको छ । आदित्यकी पत्नी समेत रहकी रानीसंग पनि अभिषेकको स म्ब न्ध विग्रियो ।

स्रोतलाई उद्धृत गर्दै बलिउड हंगामाले लेखेको छ, ‘धूम ३ को स्क्रीप्ट अमिर खानको पक्षमा बारम्बार परिवर्तन गरिएको थियो । फिल्ममा आफु पनि रहेका कारण एक जना कलाकारका लागि स्क्रीप्ट परिवर्तन गरिएको कुरा अभिषेकलाई मन परेन । उनले त्यसको विरोध गरे । तर निर्माताले अभिषेकलाई भन्दा अमिरलाई प्राथमिकता दिए । अभिषेकले निर्माता आदित्य चोपरा र निर्देशक विजय कृष्ण आचार्यसँग यसवारे कुरा गरे ।

तर उनको कुराको सुनुवाई भए । यसमा चलचित्रको क्लाइम्याक्सले अन्तिम वारको काम गर्‍यो । जब अभिषेक त्यसको छायाँकनका लागि छायाँकन स्थलमा पुगे, चलचित्रको पुरै क्लाइम्याक्स नै उनलाई थाहा नै नदिइ परिवर्तन गरिएको थाहा पाए । त्यसपछि अभिषेक थप रिसाए र आदित्यलाई अब फेरि ‘धूम’ चलचित्रमा काम नगर्ने बताए ।’

यता, अभिषेकको विरोध आदित्यलाई चित्त बुझेन ।उता, सन् २००६ मा आएको ‘बन्टी और बल्बी’पछि आदित्य चोपराकी श्रीमतीसमेत रहेकी रानी मुखर्जीसँग पनि अभिषेकको बोलचाल छैन ।

प्रतिकृया दिनुहोस्