Thursday, December 2

कोरोना सङ्क्रमणका कारण नेपाल प्रहरीका डीएसपी खरेलको दुखद निधन

May 24, 2021 334

कोरोना संक्रमणबाट नेपाल प्रहरीका नायव उपरिक्षक (डिएसपी) समीरचन्द्र खरेलको निधन भएको छ । नेपाल प्रहरी अस्पतालमा सोमबार खरेलको निधन भएको हो । उनी संगठनमा इमान्दार र व्यवसायीक अधिकृतको रुपमा परिचित थिए ।

खरेल प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा कार्यरत थिए । प्रहरी अस्पतालमा जेठ ६ मा राति महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत डिएसपी राजकुमार केसीले पनि ज्यान गुमाएका थिए । वैशाख २२ संक्रमण भएपछि केसीलाई सो अस्पतालमा भर्ना गरिएको थियो ।

त्यस्तै चितवनको भरतपुर स्थित सनराइज इङलिस स्कूलका प्रिन्सिपल रोशन कुमार भण्डारीको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । उहाँको ५२ बर्षको उमेरमा आज (सोमबार) विहान ३ बजे काठमाडौंको निदान हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको हो ।

स्कूलका शिक्षक काँसिराम आचार्यका अनुसार उहाँ १६ दिनदेखि अस्पताल भर्ना हुनुभएको थियो । १७ दिन अघि भरतपुरबाट काठमाडौं जाँदा उहाँलाई सामान्य ज्वरो आएको थियो । “यहाँबाट राम्रै जानुभएको थियो, सामान्य ज्वरो आएपनि अन्य स’मस्या थिएन, तर अकस्मात मृत्यु भएको दुःखद खबर आयो, उहाँले भन्नुभयो ।”

उहाँको एक महिना अघि मात्रै दिदीको मृत्यु भएको थियो । भारतको कलकत्ता जाँदै गर्दा जहाजमा दिदीको मृत्यु भएको हो । दिदीको मृत्यु भएको चार दिनपछि आमाको पनि मृत्यु भयो । आमा भरतपुरमा छोरा भेट्न आएको समयमा यही मृत्यु भएको आचार्यले बताउनुभयो ।

आमा र दिदीकोे भने कोरोना रिपोर्ट नेगेटिभ आएको थियो । स्व.भण्डारी २ बर्षदेखि सनराइज स्कूलमा प्रिन्सिपलको रुपमा कार्यरत हुनुहुन्यो । पुख्यौली घर दोलखा भएका उहाँको परिवार काठमाडौंमा बस्दै आएको थियो । उहाँका श्रीमती र एक छोरा छन ।

प्रतिकृया दिनुहोस्